Namaste Icon
Ad
Ad

‘केपि ओलीसँग अरिंगालको गोलो मात्रै छ, इमान्दार नेता कार्यकर्ता हामी तिर छन’

‘केपि ओलीसँग अरिंगालको गोलो मात्रै छ, इमान्दार नेता कार्यकर्ता हामी तिर छन’

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष माधव कुमार नेपालले ओलीसँग साइवर सेना र अरिंगालको गोलो मात्र रहेको बताएका छन । नेकपा प्रचण्ड–नेपाल समूहले काठमाडौँमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले सो कुरा बताएका हुन । उनले ओलीसँग इमान्दार कम्युनिस्ट नेता कार्यकर्ता नभएको दावी गरे । अध्यक्ष नेपालले को कमद गैर संवैधानिक मात्र नभई संवैधानिक कू गरेको बताए । नेपालले ओली नेतृत्वको सरकारले भ्रष्टाचार बढाएको, संसदलाई अवमूल्यन गरेको, आफ्नै संसदीय दललाई अवमूल्यन गरेको र संविधानलाई पनि मिचेको आरोप लगाए ।


नेपालले उनले भने, ‘संविधानमा बहुमत प्राप्त प्रधानमन्त्रीले संसद विघटन गर्न पाउने भनेर कहीँ लेखिएको छैन । त्यसैले ओलीको कदम गैर संवैधानिकमात्र होइन संवैधानिक कू हो । जननिर्वाचित व्यक्तिले पनि संवैधानिक कू गर्दो रहेछ । हामीले त पहिले राजामहाराजाले मात्र कू गर्छन् भन्ने सुनेका देखेका थियौँ ।’

संविधानसभाबाट बनेको संविधानले विधिको शासन स्थापित गर्न खोजेपनि प्रधानमन्त्री ओलीले त्यसलाई आफूमा केन्द्रित गरेको आरोप लगाए । उनले ओली एकाधिकारवादमा लागेको पनि आरोप लगाए ।

केपी ओलीले पार्टीको विधानभन्दा माथि आफूलाई ठानेर काम गर्दा उनलाई खबरदारी गर्न सडकमा आउनु पर्ने बताए ।

Ad

सम्बन्धित समाचारहरु

'केपी ओलीले मेरो अध्यक्ष पद खोस्न सक्दैनन'

'केपी ओलीले मेरो अध्यक्ष पद खोस्न सक्दैनन'

काठमाडाैं । प्रचण्ड-नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले केपी ओलीले आफ्नो अध्यक्ष पद खोस्न नसक्ने टिप्पणी गरेका छन् । संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष नेपालले नेकपाको अध्यक्षको जिम्मेवारी केपी ओलीले खोसेर नखोसिने प्रतिक्रिया दिएका हुन् ।

एमाले र माओवादी केन्द्र ब्युँतिए, अब के गलार्न नेताहरू ?

एमाले र माओवादी केन्द्र ब्युँतिए, अब के गलार्न नेताहरू ?

काठमाडौं । सर्वोच्च अदालतले ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको पक्षमा फैसला गरेलगत्तै नेपाल कम्युनिस्ट पार्टी र माओवादी केन्द्र ब्युँतिएका छन् । आज सर्वोच्च अदालतको फैसलाले स्पष्ट रुपमा पुरानो अवस्थामै फर्कने गरी उल्लेख गरेपछि ब्युँतिएको हो । सर्वोच्चको फैसलामा भनिएको छ,‘निर्वाचन आयोगमा राजनीतिक दलका रुपमा दर्ता रहेका नेपाल कम्युनिस्ट पार्टी एकिकृत माक्र्सवादी लेनिनवादी र नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र अलग अलग राजनीतिक दलका रुपमा साबिक कै अवस्थामा कायम रहने हुँदा, अब यी दुई राजनीतिक दलले एकिकरण गर्ने भएमा राजनीतिक दल सम्बन्धि ऐन तथा नियम विपरित नहुने गरी निर्णय गरी अविलम्ब निर्वाचन आयोगमा उपस्थित हुन जानकारी दिई शिघ्र कानून बमोजिम आवश्यक निर्णय गर्नु गराउनु भनी विपक्षीमध्येका निर्वाचन आयोगका नाममा परमादेश समेत जारी गरिदिएको छ ।’

Ad

प्रतिक्रिया दिनुहोस