Namaste Icon
Ad
Ad

'होसियार ! ओलीले शान्ति प्रक्रिया र संघीय व्यवस्था नै विघटन गर्न खोज्दैछन'

'होसियार ! ओलीले शान्ति प्रक्रिया र संघीय व्यवस्था नै विघटन गर्न खोज्दैछन'

काठमाडौं । आन्दोलनरत् नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा मात्र नभई अब उनले शान्ति प्रक्रिया र संघीय व्यवस्था नै विघटन गर्न खोजेको बताएका छन्।

‘केपी ओलीले संविधानविरुद्ध प्रतिनिधि सभा विघटन गरेको मात्र नभई शान्ति प्रक्रिया र संघीय व्यवस्था नै विघटन गर्न खोजेका छन्,’ शुक्रबार सो पार्टीले आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘खबरदार त्यस्ता कदमलाई यो जनसागरले त्यसलाई पराजित गर्नेछ।’

अहिले ६२–६३ को जनआन्दोलनमा जस्तै फेरि एकपटक नागरिक समाज, पेशाकर्मी, मिडिया र वुद्धिजीवि वर्गले प्रतिनिधि सभाको असंवैधानिक कदमको विरोध गरेको उनले बताए। उनले अहिले देशका बिभिन्न भाग र काठमाडौंमा उर्लेको जनसागरलाई अदालतले पनि हेरेको उनले बताए।

Ad

सम्बन्धित समाचारहरु

'केपी ओलीले मेरो अध्यक्ष पद खोस्न सक्दैनन'

'केपी ओलीले मेरो अध्यक्ष पद खोस्न सक्दैनन'

काठमाडाैं । प्रचण्ड-नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले केपी ओलीले आफ्नो अध्यक्ष पद खोस्न नसक्ने टिप्पणी गरेका छन् । संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष नेपालले नेकपाको अध्यक्षको जिम्मेवारी केपी ओलीले खोसेर नखोसिने प्रतिक्रिया दिएका हुन् ।

एमाले र माओवादी केन्द्र ब्युँतिए, अब के गलार्न नेताहरू ?

एमाले र माओवादी केन्द्र ब्युँतिए, अब के गलार्न नेताहरू ?

काठमाडौं । सर्वोच्च अदालतले ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको पक्षमा फैसला गरेलगत्तै नेपाल कम्युनिस्ट पार्टी र माओवादी केन्द्र ब्युँतिएका छन् । आज सर्वोच्च अदालतको फैसलाले स्पष्ट रुपमा पुरानो अवस्थामै फर्कने गरी उल्लेख गरेपछि ब्युँतिएको हो । सर्वोच्चको फैसलामा भनिएको छ,‘निर्वाचन आयोगमा राजनीतिक दलका रुपमा दर्ता रहेका नेपाल कम्युनिस्ट पार्टी एकिकृत माक्र्सवादी लेनिनवादी र नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र अलग अलग राजनीतिक दलका रुपमा साबिक कै अवस्थामा कायम रहने हुँदा, अब यी दुई राजनीतिक दलले एकिकरण गर्ने भएमा राजनीतिक दल सम्बन्धि ऐन तथा नियम विपरित नहुने गरी निर्णय गरी अविलम्ब निर्वाचन आयोगमा उपस्थित हुन जानकारी दिई शिघ्र कानून बमोजिम आवश्यक निर्णय गर्नु गराउनु भनी विपक्षीमध्येका निर्वाचन आयोगका नाममा परमादेश समेत जारी गरिदिएको छ ।’

Ad

प्रतिक्रिया दिनुहोस