Namaste Icon
Ad
Ad

डा. सन्दुक रुइतसहित दुई विशेषज्ञलाई भिजन एक्सलेन्स अवार्ड

डा. सन्दुक रुइतसहित दुई विशेषज्ञलाई भिजन एक्सलेन्स अवार्ड

काठमाडौं । भिजन एक्सलेन्स अवार्डबाट प्रख्यात नेत्र विशेषज्ञ डा। सन्दुक रुइतसहित अन्य दुई विशेषज्ञलाई सम्मान गरिएको छ । आँखा स्वास्थ्य सेवाका लागि वकालत गरेको तथा यसको कार्यान्वयन र संस्थागत संरचनाको विकास गरि अन्धोपन नियन्त्रण कार्यमा उल्लेख्य भूमिका निर्वाह गरेका कारण भिजन एक्सलेन्स अवार्डबाट विशेषज्ञहरूलाई सम्मान गरिएको हो ।

सम्मानित हुनेहरूमा प्रख्यात नेत्र विशेषज्ञ डा सन्दुक रुइतसहित नेत्र विशेषज्ञहरू प्रा डा रामप्रसाद पोख्रेल र डा गोपालप्रसाद पोख्रेल छन । नेपाल नेत्रज्योति सङ्घ तथा नेपाल आँखा अस्पतालको संयुक्त आयोजनामा भएको कार्यक्रममा पूर्वराष्ट्रपति रामवरण यादवले अवार्डबाट सम्मान गरे । नेपाल नेत्रज्योति सङ्घका अध्यक्ष प्रा डा चेतनाथ पन्तले आँखा क्षेत्रको सेवा विस्तारमा उहाँहरूको नेतृत्व, भिजन र मार्गनिर्देशनको महत्त्वपूर्ण योगदान भएकाले सम्मान गरिएको बताए ।

सम्मानित डा सन्दुक रुइत तिलगङ्गा इन्स्टिच्युटल अफ अप्थाल्मोलोजिका संस्थापक एवं कार्यकारी निर्देशक हुन, भने प्रा डा रामप्रसाद पोख्रेल नेपाल आँखा अस्पताल र नेपाल नेत्रज्योति सङ्घका संस्थापक मध्येका एक हुन ।

त्यसैगरी डा गोपालप्रसाद पोख्रेल नेपाल आँखा अस्पतालका अध्यक्ष एवं नेपाल नेत्रज्योति सङ्घका कार्यकारी सदस्य हुन ।

Ad

सम्बन्धित समाचारहरु

कांग्रेस र जसपाले अवरोध गरेपछि प्रतिनिधिसभा बैठक  स्थगित

काठमाडौं । फागुन २६ गतेसम्मका लागि प्रतिनिधि सभा स्थगित भएको छ । आइतबार बसेको प्रतिनिधि सभा बैठक केही समय चलेर स्थगित भएको हो । आइतबार बोलाइएको बैठक नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले अवरोध गरेपछि संसद सचिवालयले सूचना टाँस गरेर बैठकको नयाँ मिति फागुन २६ गते दिउँसो १ बजेका लागि तोकिएको हो ।

बैठक सुरु नभई संसद् भवनबाट बाहिरिए प्रधानमन्‍त्री ओली

बैठक सुरु नभई संसद् भवनबाट बाहिरिए प्रधानमन्‍त्री ओली

काठमाडौं । प्रधानमन्‍त्री केपी शर्मा ओली संसद् भवन नयाँ बानेश्वरबाट फर्किएका छन् । आइतबारका लागि आह्वान भएको प्रतिनिधिसभाको अधिवेशनमा भाग लिन अपराह्न करिब ४ बजे संसद् भवन पुगेका ओली बैठक सुरु नभई फर्किएका हुन् । ४ बजेका लागि बोलाइएको बैठक अझै सुरु भएको छैन ।

Ad

प्रतिक्रिया दिनुहोस