Namaste Icon
Ad
Ad

विरोधसभा जारी रहँदै योगेशले लेखे,‘तिम्रो लाज छोप्न अझै कति टालो जोहो गर्नु पर्ने हो ? लज्जाबोध !’

विरोधसभा जारी रहँदै योगेशले लेखे,‘तिम्रो लाज छोप्न अझै कति टालो जोहो गर्नु पर्ने हो ? लज्जाबोध !’

काठमाडौं । नेकपाको दाहाल-नेपाल समूहका नेता योगेश भट्टराईले ओलीको लाज छोप्न अझै कति टालो जोहो गर्नुपर्ने हो ? भन्दै प्रश्न गरेका छन् । प्रतिनिधिसभा विघटनको सूचना नेपाल राजपत्रमा प्रकाशित नभएको भन्दै संवैधानिक इजलासमा प्रश्न उठेपछि रातारात अपेडट गरेको घटनाप्रति असन्तुष्टि व्यक्त गर्दै भट्टराईले उक्त प्रश्न गरेका हुन् ।

राजपत्रमा सूचना प्रकाशित गर्दाको मिति भने पुस ५ गतेकै राखिएको छ । तर राजपत्रमा शुक्रबार विहान ६ बजेर ५१ मिनेटमा मात्र अपडेट गरेको पाइएको छ । यो खबर सार्वजनिक भएसँगै शुक्रबार भट्टराईले भनेका छन्, ‘संविधानको कुनै धारा उल्लेख नगरी प्रतिनिधिसभाको विघटनको चिट्ठी गयो, अदालतमा प्रश्न उठेपछि उक्त चिट्ठी गायब गरियो, अर्को चिट्ठी ल्याएर फायलमा राखियो ।’


नेकपाको विरोधसभा जारी रहँदा उनले सामाजिक सञ्जालबाट सोधेका छन्, ‘अनि फेरी अदालतमा प्रश्न उठ्यो प्रतिनिधिसभा विघटनको सूचना राजपत्रमा खै ? हतार हतार पुरानो मितिमा छापेर राजपत्र ल्याएर फेरी फायलमा राखियो, किर्ते काम ?’ भट्टराईले ओलीतर्फ संकेत गर्दै लेखेका छन्, ‘तिम्रो लाज छोप्न अझै कति टालो जोहो गर्नु पर्ने हो ? लज्जाबोध !’

Ad

सम्बन्धित समाचारहरु

एमाले र माओवादी केन्द्र ब्युँतिए, अब के गलार्न नेताहरू ?

एमाले र माओवादी केन्द्र ब्युँतिए, अब के गलार्न नेताहरू ?

काठमाडौं । सर्वोच्च अदालतले ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको पक्षमा फैसला गरेलगत्तै नेपाल कम्युनिस्ट पार्टी र माओवादी केन्द्र ब्युँतिएका छन् । आज सर्वोच्च अदालतको फैसलाले स्पष्ट रुपमा पुरानो अवस्थामै फर्कने गरी उल्लेख गरेपछि ब्युँतिएको हो । सर्वोच्चको फैसलामा भनिएको छ,‘निर्वाचन आयोगमा राजनीतिक दलका रुपमा दर्ता रहेका नेपाल कम्युनिस्ट पार्टी एकिकृत माक्र्सवादी लेनिनवादी र नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र अलग अलग राजनीतिक दलका रुपमा साबिक कै अवस्थामा कायम रहने हुँदा, अब यी दुई राजनीतिक दलले एकिकरण गर्ने भएमा राजनीतिक दल सम्बन्धि ऐन तथा नियम विपरित नहुने गरी निर्णय गरी अविलम्ब निर्वाचन आयोगमा उपस्थित हुन जानकारी दिई शिघ्र कानून बमोजिम आवश्यक निर्णय गर्नु गराउनु भनी विपक्षीमध्येका निर्वाचन आयोगका नाममा परमादेश समेत जारी गरिदिएको छ ।’

वैद्यसँग विप्लवले राखे यस्ताे प्रस्ताव

वैद्यसँग विप्लवले राखे यस्ताे प्रस्ताव

काठमाडौं । नेकपा महासचिव नेत्रविक्रम चन्द‘विप्लव’ले नेकपा क्रान्तिकारी (माओवादी)का महासचिव मोहन वैद्य‘किरण’लाई जनमत संग्रहको प्रस्ताव राखेका छन्। शनिवार ललितपुरको कुपण्डोलमा रहेको क्रान्तिकारी माओवादीको नेवा राज्य कार्यालयमा चार रणनीतिक मोर्चाको बैठकमा विप्लवले बैद्यलाई जनमत संग्रहको प्रस्ताव राखेका हुन्।

Ad

प्रतिक्रिया दिनुहोस