Namaste Icon
Ad
Ad

'आजको विशाल जनसभा हेरियो, खुट्टी देख्दै चाल पाइयो, आमसभा कस्तो हुन्छ भन्ने कुरा माघ २३ गते हेर्नुहाेला'

'आजको विशाल जनसभा हेरियो, खुट्टी देख्दै चाल पाइयो, आमसभा कस्तो हुन्छ भन्ने कुरा माघ २३ गते हेर्नुहाेला'

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी केपी ओली समूहले माघ २३ गते काठमाडौमा शक्ति प्रदर्शन गर्ने भएको छ । प्रचण्ड-माधव नेपाल समूहको प्रदर्शनको प्रतिउत्तरमा ओली समूहले आमसभा गर्न लागेको हो ।

काठमाडौंमा पेसागत विशेष जिल्ला कमिटीको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आमसभा गर्ने घोषणा गरेका छन् । 'आजको विशाल जनसभा हेरियो, खुट्टी देख्दै चाल पाइयो,' ओलीले भने, 'आमसभा कस्तो हुन्छ भन्ने कुरा माघ २३ गते हेर्नुस्, हामी देखाउँछौँ ।'

उनले साँघुरा गल्लीमा मान्छे भर्दैमा आमसभा नहुने पनि बताए । प्रचण्ड-नेपाल समूहले आज (शुक्रबार) गरेको आमसभाबाट वरिष्ठ नेता झलनाथ खनालले पार्टीमा को आधिकारिक हो भनेर थाहा पाउन आमसभा हेर्न आउन ओलीलाई आग्रह गरेका थिए । त्यसको केही घण्टामै ओलीले प्रत्युत्तर दिन भ्याएका हुन् ।

Ad

सम्बन्धित समाचारहरु

'केपी ओलीले मेरो अध्यक्ष पद खोस्न सक्दैनन'

'केपी ओलीले मेरो अध्यक्ष पद खोस्न सक्दैनन'

काठमाडाैं । प्रचण्ड-नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले केपी ओलीले आफ्नो अध्यक्ष पद खोस्न नसक्ने टिप्पणी गरेका छन् । संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष नेपालले नेकपाको अध्यक्षको जिम्मेवारी केपी ओलीले खोसेर नखोसिने प्रतिक्रिया दिएका हुन् ।

एमाले र माओवादी केन्द्र ब्युँतिए, अब के गलार्न नेताहरू ?

एमाले र माओवादी केन्द्र ब्युँतिए, अब के गलार्न नेताहरू ?

काठमाडौं । सर्वोच्च अदालतले ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको पक्षमा फैसला गरेलगत्तै नेपाल कम्युनिस्ट पार्टी र माओवादी केन्द्र ब्युँतिएका छन् । आज सर्वोच्च अदालतको फैसलाले स्पष्ट रुपमा पुरानो अवस्थामै फर्कने गरी उल्लेख गरेपछि ब्युँतिएको हो । सर्वोच्चको फैसलामा भनिएको छ,‘निर्वाचन आयोगमा राजनीतिक दलका रुपमा दर्ता रहेका नेपाल कम्युनिस्ट पार्टी एकिकृत माक्र्सवादी लेनिनवादी र नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र अलग अलग राजनीतिक दलका रुपमा साबिक कै अवस्थामा कायम रहने हुँदा, अब यी दुई राजनीतिक दलले एकिकरण गर्ने भएमा राजनीतिक दल सम्बन्धि ऐन तथा नियम विपरित नहुने गरी निर्णय गरी अविलम्ब निर्वाचन आयोगमा उपस्थित हुन जानकारी दिई शिघ्र कानून बमोजिम आवश्यक निर्णय गर्नु गराउनु भनी विपक्षीमध्येका निर्वाचन आयोगका नाममा परमादेश समेत जारी गरिदिएको छ ।’

Ad

प्रतिक्रिया दिनुहोस