अब पठाओका ग्राहक र राईडरलाई ५ लाखको बीमा

काठमाडौं । पठाओ नेपाल प्रालि राईड शेयरिंग तथा फुड डेलिभरी एपले ग्राहकहरु र राईडर/चालक साथीहरुलाई बीमा सुविधा प्रदान गर्न एभरेष्ट इन्स्योरेन्स कम्पनीसँग साझेदारी पत्रमा हस्ताक्षर गरेको छ । उक्त साझेदारी अन्तर्गत राईडको दौरान कुनै पनि ग्राहक तथा राईडर/चालक साथीहरुको दुर्घटनाका कारणले हुने मृत्यु, अपाङ्गता जस्तो अवस्थामा बढीमा रु ५ लाख सम्मको बीमा रकम प्राप्त गर्नेछन् ।
यसको साथै कुनै पनि ग्राहक तथा राईडर/चालक साथीहरुले रु १ लाख सम्मको दुर्घटना उपचार बीमा पनि पाउँनेछन् । यी दुवै सेवाहरु उपयोग गर्नका लागि सम्बन्धित व्यक्तिले दुर्घटना भए पश्चात ३० दिनभित्र बीमा कम्पनीको नियमानुसार तोकिएको कागजातहरु सहित निवेदन गर्नु पर्दछ । पठाओ एप प्रयोग गर्ने कुनै पनि ग्राहक तथा राईडर÷चालक साथीहरुले यो सुविधा लिन सक्नेछन् ।
पठाओ नेपाल प्रालिका क्षेत्रिय निर्देशक असिममान सिंह बस्न्यातले विगत २ वर्षदेखि हाम्रा ग्राहकहरु तथा राईडर/चालक साथीहरुको सुरक्षा सुनिश्चित गर्नका लागि बीमा सुविधा प्रदान गर्न निरन्तर लागि परेको बताएका छन । उनले भने, ‘यसको अनुरुप हामीले एभरेष्ट इन्स्योरेन्स कम्पनीसंग साझेदारी पत्रमा हस्ताक्षर गरेका छौं । अब हाम्रा ग्राहकहरु तथा राईडर/चालक साथीहरु विस्वस्त हुन सक्छन् । पठाओ ग्राहक तथा राईडर/चालक साथीहरुको सुरक्षाप्रति दृढ छ । हामी प्रत्येक दिन हजारौंलाई रोजगारीको अवसर प्रदान गर्न पाउँदा निकै गर्वान्भित महसुस गर्दछौं । हालसम्म, हामीले ७५००० भन्दा बढी राईडरहरुलाई ट्रेनिंग दिइसकेका छौं र १३ लाखभन्दा बढी ग्राहकहरुले पठाओ एप डाउनलोड गरिसकेका छन् ।’
पठाओले नेपालमा आधिकारिक रुपमा सन् २०१८ सेप्टेम्बर २५ देखि आफ्नो सेवा विस्तार गरेको हो । पठाओ काठमाडौंकै ठुलो तथा लोकप्रिय राईड–शेयरिंग सेवा प्रदायक एप हो । यो एशियाकै सबैभन्दा तीव्र वृद्धि भएको टेक स्टार्टअफ मध्य एक हो जुन सर्वसाधारणको दैनिक यातायातको समस्याकालागि सर्वोत्कृष्ट समाधान विकास गर्न समर्पित छ । पठाओको दुई पाङ्ग्रे र चार पाङ्ग्रे राईड सेयरिंग सेवा छ र यसले हालै फुड डेलिभरी सेवा पनि शुरु गरेको छ ।
लक्ष्मण दुलाल,काठमाडौँ। वि.सं.२०५८ सालमा स्थापित वितरक व्यवसायीहरुको छाता संगठन नेपाल बितरक संघको २० औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
ललितपुर । ‘हस्तकलाको प्रवद्र्धन, महिला सशक्तीकरणको संवद्र्धन’ भन्ने नाराका साथ ललितपुरमा महिला हस्तकला मेला आयोजना गरिएको छ । अन्तराष्ट्रिय महिला दिवसको अवसर पारेर ललितपुर महानगरपालिकाको प्राङ्गणमा मेला शुरु भएको हो । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले मेलाको उद्घाटन गरे । हस्तकला व्यवसायमा संलग्न लघु, घरेलु तथा साना उद्यमी व्यवसायीलाई उत्पादक, खरिदकर्ता, विक्रेता र निर्यातकर्तासँग एकै थलोमा भेला गराउने लक्ष्य मेलाले राखेको छ ।स्थानीयस्तरमा हस्तकलाको बिक्री प्रवद्र्धनका साथै अन्तर्राष्ट्रिय बजारमा समेत निर्यात तथा प्रवद्र्धन गर्ने ध्येयका साथ आफूहरूले प्रयास गरेको मेला संयोजक तथा नेपाल हस्तकला महासङ्घका सदस्य सविता सिंहले जानकारी दिइन । उनले महिला उद्यमीबाट उत्पादित नेपाली उत्पादन/नेपालको पहिचानअनुरुप स्थानीय हस्तकला वस्तुको बजारीकरण र प्रवद्र्धनले महिलाको आर्थिक पाटोलाई समेत टेवा पुग्ने बताइन ।