Namaste Icon
Ad
Ad

केपि ओलीले जनताको त्याग र बलिदानबाट प्राप्त संविधानको घाँटी निमोठे : किसान महासंघ अध्यक्ष रेग्मी

केपि ओलीले जनताको त्याग र बलिदानबाट प्राप्त संविधानको घाँटी निमोठे : किसान महासंघ अध्यक्ष रेग्मी

माधव खनाल, अर्घाखाँची । राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल किसान महासंघ (अफा) का केन्द्रिय अध्यक्ष भैरहवराज रेग्मीले केपि शर्मा ओलीले जनताको संविधानको घाँटी निमोठेको आरोप लगाएका छन । राष्ट्रिय जनमोर्चाले संसदको बिघटन विरुद्ध तथा बिघठित संसदको पुर्नस्थापनाका लागि देशब्यापी रुपमा चलेको सङघर्षको कार्यक्रम अन्तर्गत शुक्रबार अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वडा नम्बर १ मा भएको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष रेग्मीले सो कुरा बताएका हुन । साथै अध्यक्ष रेग्मीले बर्तमान प्रधानमन्त्री केपि शर्मा वलीले आफ्नो पार्टीको विवाद मिलाउनुको साटो जनताको हक अधिकार खोसेको आरोप समेत लगाए ।

यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य झविलाल थापाले दुर्इतिहाइ नजिकैको समर्थन हुँदा–हुँदै संसद विघटन गरेर सिङ्गो कम्युनिस्टको नै बदनाम गरेको आरोप लगाउदै संसद पुनःस्थापन गर्नको लागी राष्ट्रभक्ती हरु एकजुट हुनुको विकल्प नरहेको बताए । कार्यक्रममा अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक)का केन्द्रिय उपाध्यक्ष गोबिन्द बिसीले राष्ट्रिय जनमोर्चाले संसद विघटनको बिरोध र पुर्नस्थापनाको पक्षमा सन्चालन गरेको एक महिने कार्यक्रममा सहभागिता भइ आ आफ्नो स्थानबाट सहयोग गर्न सवैलाई अनुरोध गरे ।


कार्यक्रममा मन्तव्य राख्दै राष्ट्रिय जनमोर्चाका परिषद सदस्य खड्कबहादुर थापाले संसद विघटन हुनुमा प्रचण्ड–माधकुमार नेपालको समेत हात रहेको जिकिर गरे । कार्यक्रमलाई अखिल नेपाल किसान महासंघ (अफा) का अर्घाखाँची जिल्ला अध्यक्ष जिवनारायण खनाल, राष्ट्रिय जनमोर्चा भुमिकास्थान नगर सदस्य तथा भुमिकास्थान नगरपालिका वडा नम्बर १ का वडाअध्यक्ष भोजराज खन, अखिल नेपाल महिला संघकी शान्ता खनाल, अखिल छैठौंका जीवन नेपाली लगाएतले सम्बोधन गरेका थिए ।

उक्त कार्यक्रम अखिल नेपाल शिक्षक संघका जिल्ला सदस्य हिमलाल खनाल, नगर सचिव रामप्रसाद खनाल, भुमिकास्थान नगरपालिका वडा नम्बर १ का सदस्यहरु गोपाल नेपाली, चमकला नेपाली, प्रगतिशील पत्रकारसंघका टेकराज भुसाल, जनजाति सम्मेलनका प्रतिनिधि भोट बहादुर पुन, जातीय समता समाजका रामबहादुर नेपाली, अखिल नेपाल युवक संघका प्रकाश खनाल, लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम राष्ट्रिय जनमोर्चाका वडा अध्यक्ष मेघराज खनालको अध्यक्षता जनकराज खनालको स्वागत र माधव खनालको सन्चालनमा सम्पन्न भएको थियो ।

साथै राष्ट्रिय जनमोर्चाले देशब्यापी रूपमा सञ्चालन गरेको संसद विघटनको बिरोध र पुनःस्थापनाको पक्षमा सञ्चालन गरेको एकमहिने कार्यक्रम अन्तर्गत बुधबार अर्घाखाँची जिल्लाका ६ वटै पालिकाको अगुवा कार्यकर्ता भेला गरेको थियो । बिहिवार भुमिकास्थान नगरपालिकाका दस वटै वडामा अगुवा कार्यकर्ता भेला गरेको अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक) का केन्द्रिय उपाध्यक्ष गोबिन्द विसीले बताए ।

Ad

सम्बन्धित समाचारहरु

‘ओली र बादलको मादल चाहिं राम्रैसँग फुट्यो’ – नेता रिजाल

‘ओली र बादलको मादल चाहिं राम्रैसँग फुट्यो’ – नेता रिजाल

सुनसरी । नेकपाको केन्द्रीय संघर्ष समिति सदस्य रामप्रसाद रिजालले सर्वोच्च अदालतले एकीकरणलाई मान्यता नदिएको नभई एकता पछिको नामलाई मात्र मान्यता नदिएको तर्क गरेका छन । नेता रिजालले बहुमत केन्द्रीय सदस्य हरुको हस्ताक्षरबाट पार्टीको नामकरण हुने बताए । आकाशै खसे जस्तो केही भएको छैन भन्दै उनले बहुमत नपुगे पछि ओली र बादलहरुको मादल चाहिं राम्रै संग फुटेको उल्लेख गरे ।

दार्चुलामा जीप दुर्घटना, ३ जनाको ज्यान गयो

दार्चुलामा जीप दुर्घटना, ३ जनाको ज्यान गयो

दार्चुला। जिल्लाको गोकुलेश्वर–रिठाचौपाता सडकखण्ड अन्तरगत उचाकोटमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

Ad

प्रतिक्रिया दिनुहोस