काभ्रेमा विष्फोट, बीपी राजमार्गमा सवारी अवरुद्ध

काठमाडौं । काभ्रेपलाञ्चोकको मंगलटारमा विष्फोट भएको छ । गएराति मंगलटारमा विष्फोट भएको तर बम हो हथवा अरु नै केही हो यकिन नभएको प्रहरीले बताएको छ ।
‘के विष्फोट भएको हो र कसले विष्फोट गराएको हो यकिन भएको छैन,’ वाग्मती प्रदेशका प्रहरी प्रमुख डीआईजी वसन्त लामाले भने, ‘सडकमा विष्फोट भएको पाइएको छ । ठूलो क्षति भएको छैन । बाँकी हामी अध्ययनन गरिरहेका छौं ।’ विष्फोट भएसँगै बीपी राजमार्गमा सवारी अवरुद्ध भएको छ ।
काठमाडौं । फागुन २६ गतेसम्मका लागि प्रतिनिधि सभा स्थगित भएको छ । आइतबार बसेको प्रतिनिधि सभा बैठक केही समय चलेर स्थगित भएको हो । आइतबार बोलाइएको बैठक नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले अवरोध गरेपछि संसद सचिवालयले सूचना टाँस गरेर बैठकको नयाँ मिति फागुन २६ गते दिउँसो १ बजेका लागि तोकिएको हो ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संसद् भवन नयाँ बानेश्वरबाट फर्किएका छन् । आइतबारका लागि आह्वान भएको प्रतिनिधिसभाको अधिवेशनमा भाग लिन अपराह्न करिब ४ बजे संसद् भवन पुगेका ओली बैठक सुरु नभई फर्किएका हुन् । ४ बजेका लागि बोलाइएको बैठक अझै सुरु भएको छैन ।