Namaste Icon
Ad
Ad

मोरङको लेटाङमा जीप दुर्घटना : एकको मृत्यु, १६ जना घाइते

मोरङको लेटाङमा जीप दुर्घटना : एकको मृत्यु, १६ जना घाइते

मोरङ । मोरङको लेटाङमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा १६ जना घाइते भएका छन् । कच्चीसडक खण्डमा लेटाङबाट कुवापानीतर्फ जाँदै गरेको को १ ज ३२६२ नम्बरको जीप अनियन्त्रित भएर लेटाङ– १ अधेरीमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोरङको लेटाङ नगरपालिका– १ का ५९ वर्षीय नैनकुमार तामाङको मृत्यु भएको छ । गम्भीर अवस्थामा विराट नर्सिङहोम विराटनगर पुर्‍याइएका उनको उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइतेहरूको विराटनगरमा उपचार भइरहेको छ ।

Ad

सम्बन्धित समाचारहरु

‘ओली र बादलको मादल चाहिं राम्रैसँग फुट्यो’ – नेता रिजाल

‘ओली र बादलको मादल चाहिं राम्रैसँग फुट्यो’ – नेता रिजाल

सुनसरी । नेकपाको केन्द्रीय संघर्ष समिति सदस्य रामप्रसाद रिजालले सर्वोच्च अदालतले एकीकरणलाई मान्यता नदिएको नभई एकता पछिको नामलाई मात्र मान्यता नदिएको तर्क गरेका छन । नेता रिजालले बहुमत केन्द्रीय सदस्य हरुको हस्ताक्षरबाट पार्टीको नामकरण हुने बताए । आकाशै खसे जस्तो केही भएको छैन भन्दै उनले बहुमत नपुगे पछि ओली र बादलहरुको मादल चाहिं राम्रै संग फुटेको उल्लेख गरे ।

दार्चुलामा जीप दुर्घटना, ३ जनाको ज्यान गयो

दार्चुलामा जीप दुर्घटना, ३ जनाको ज्यान गयो

दार्चुला। जिल्लाको गोकुलेश्वर–रिठाचौपाता सडकखण्ड अन्तरगत उचाकोटमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

Ad

प्रतिक्रिया दिनुहोस