Namaste Icon
Ad
Ad

यसकारण वैशाखमा चुनाव हुँदैन : महामन्त्री कोईराला

यसकारण वैशाखमा चुनाव हुँदैन : महामन्त्री कोईराला

महेन्द्रनगर । नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोईरालाले बैशाखमा चुनाव नहुने बताएका छन् । शनिबार महेन्द्रनगरमा प्रेस यूनियन कञ्चनपुरद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कांग्रेस महामन्त्री कोईरालाले चुनाव नहुने बताएका हुन् । ‘अहिले पनि नेकपा पार्टी कानुनी रुपमा फुटेको छैन, ‘महामन्त्री कोईरालाले भने, ‘निर्वाचन आयोगले सुर्य चुनाव चिन्ह कसलाई आधिकारिक दिन्छ, नपाउने समुहले विरोध र अदालत जान्छ, यहि कारण पनि बैशाखमा चुनाव हुँदैन ।’

प्रधानमन्त्री ओलीले संसद विघटन गरेर लोकतन्त्र र संविधानमाथि नै कुठाराघात गरेको बताउदै उनले कांग्रेस पुर्नस्थापनाकै पक्षमा रहेको बताए । ‘ओलीले तीन वर्षमा विकासका नाममा एक इँटा समेत थप्न सकेनन, ‘उनले भने, ‘जति गिरिजाले तीन वर्षमा थुप्रै ऐतिहासिक काम गरेका थिए ।’ विगतदेखि चलिरहेको कार्यक्रममा ओलीले निरन्तरता मात्र दिएको बताउँदै उनले कोरोना कहरबाट थलिएको अर्थतन्त्रमाथि उकास्नका लागि कुनै योजना अघि नसारेको बताए ।

Ad

सम्बन्धित समाचारहरु

'केपी ओलीले मेरो अध्यक्ष पद खोस्न सक्दैनन'

'केपी ओलीले मेरो अध्यक्ष पद खोस्न सक्दैनन'

काठमाडाैं । प्रचण्ड-नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले केपी ओलीले आफ्नो अध्यक्ष पद खोस्न नसक्ने टिप्पणी गरेका छन् । संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष नेपालले नेकपाको अध्यक्षको जिम्मेवारी केपी ओलीले खोसेर नखोसिने प्रतिक्रिया दिएका हुन् ।

एमाले र माओवादी केन्द्र ब्युँतिए, अब के गलार्न नेताहरू ?

एमाले र माओवादी केन्द्र ब्युँतिए, अब के गलार्न नेताहरू ?

काठमाडौं । सर्वोच्च अदालतले ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको पक्षमा फैसला गरेलगत्तै नेपाल कम्युनिस्ट पार्टी र माओवादी केन्द्र ब्युँतिएका छन् । आज सर्वोच्च अदालतको फैसलाले स्पष्ट रुपमा पुरानो अवस्थामै फर्कने गरी उल्लेख गरेपछि ब्युँतिएको हो । सर्वोच्चको फैसलामा भनिएको छ,‘निर्वाचन आयोगमा राजनीतिक दलका रुपमा दर्ता रहेका नेपाल कम्युनिस्ट पार्टी एकिकृत माक्र्सवादी लेनिनवादी र नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र अलग अलग राजनीतिक दलका रुपमा साबिक कै अवस्थामा कायम रहने हुँदा, अब यी दुई राजनीतिक दलले एकिकरण गर्ने भएमा राजनीतिक दल सम्बन्धि ऐन तथा नियम विपरित नहुने गरी निर्णय गरी अविलम्ब निर्वाचन आयोगमा उपस्थित हुन जानकारी दिई शिघ्र कानून बमोजिम आवश्यक निर्णय गर्नु गराउनु भनी विपक्षीमध्येका निर्वाचन आयोगका नाममा परमादेश समेत जारी गरिदिएको छ ।’

Ad

प्रतिक्रिया दिनुहोस