Namaste Icon
Ad
Ad

‘संकटमा गैरआवासीय नेपालीहरुको भूमिका प्रशंसायोग्य छ’

‘संकटमा गैरआवासीय नेपालीहरुको भूमिका प्रशंसायोग्य छ’

काठमाडौं । गैरआवासीय नेपाली संघको विशेष महाधिवेशन शनिबारदेखि सुरु भएको छ । भर्चुअल माध्यमबाट आइतबारसम्म चल्ने सम्मेलनमा महाधिवेशनमा आर्थिक, वार्षिक र विधान संशोधन प्रस्ताव पेस गर्ने तयारी गरिएको छ । परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले गैरआवासीय नेपालीहरुले कोरोना भाइरसको विश्वव्यापी संक्रमणमाझ निर्वाह गरेको भूमिका प्रशंसायोग्य रहेको बताएका छन् । गैरआवाासीय नेपाली संघको विशेष साधारणसभाको उद्घाटन गर्दै मन्त्री ज्ञवालीले संघले संकटको बेला आफ्नो औचित्य र भूमिकालाई स्थापित गर्न सफल भएको बताएका हुन् ।

मन्त्री ज्ञवालीले प्रवासमा संकटमा परेका नेपालीहरुको राहत, उद्धार र उपचारमा गैरआवासीय नेपालीको महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा प्रशंसा गर्दै उनले भने, ‘संकटको यस अहम परीक्षामा एनआरएनए खरो रुपमा उत्रिएको छ र सफल पनि भएको छ ।

कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले विदेशमा बसेर आफ्नो मिहेनत र पसिनाबाट कमाएको पूँजी नेपालको समृद्धि र विकासका लागि गैरआवासीय नेपालीले योगदान गरेको बताए । विपद् र संकटका बेला विदेशमा रहेका प्रत्येक नेपालीले देखाएको अपनत्व प्रशंसायोग्य भएको उनको भनाइ थियो ।

राजनीतिक लडाइँमा नभई विकासको बाटोमा अग्रसर हुनुपर्नेमा उनको जोड थियो । नेपाल विपन्न देश भएको हुँदा देशमा ठूलो लगानीको आवश्यकता रहेको बताउँदै विदेशमा हरेक नेपालीहरुले नेपालको उत्पादनमूलक क्षेत्रमा लगानी ल्याउन जोड दिनु पर्ने उनले बताए ।

विशेष अधिवेशनलाई सम्बोधन गर्दै गैरआवासीय नेपाली संघका प्रमुख संरक्षक तथा पूर्वअध्यक्ष शेष घलेले महाधिवेशन महिला, युवा, दोस्रो पुस्ता र संघको भविष्यको बारेमा छलफल गर्न सुझाव दिए । घलेले गैरआवासीय नेपाली संघलाई साझा संस्थाको रुपमा अघि बढाएर मिनि संयुक्त राष्ट्रसंघको रुपमा अघि बढाउनु पर्नेमा जोड दिए । गैरआवासीय नेपाली संघका राष्ट्रिय समितिहरुलाई दरिलो बनाउनु पर्ने उनको भनाइ थियो । भर्चुअल रुपमै दुई दिनसम्म चल्ले संघको विशेष महाधिवेशनमा आर्थिक, वार्षिक र विधान संशोधन प्रस्ताव पेस गर्ने तयारी गरिएको छ ।

Ad

सम्बन्धित समाचारहरु

कांग्रेस र जसपाले अवरोध गरेपछि प्रतिनिधिसभा बैठक  स्थगित

काठमाडौं । फागुन २६ गतेसम्मका लागि प्रतिनिधि सभा स्थगित भएको छ । आइतबार बसेको प्रतिनिधि सभा बैठक केही समय चलेर स्थगित भएको हो । आइतबार बोलाइएको बैठक नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले अवरोध गरेपछि संसद सचिवालयले सूचना टाँस गरेर बैठकको नयाँ मिति फागुन २६ गते दिउँसो १ बजेका लागि तोकिएको हो ।

बैठक सुरु नभई संसद् भवनबाट बाहिरिए प्रधानमन्‍त्री ओली

बैठक सुरु नभई संसद् भवनबाट बाहिरिए प्रधानमन्‍त्री ओली

काठमाडौं । प्रधानमन्‍त्री केपी शर्मा ओली संसद् भवन नयाँ बानेश्वरबाट फर्किएका छन् । आइतबारका लागि आह्वान भएको प्रतिनिधिसभाको अधिवेशनमा भाग लिन अपराह्न करिब ४ बजे संसद् भवन पुगेका ओली बैठक सुरु नभई फर्किएका हुन् । ४ बजेका लागि बोलाइएको बैठक अझै सुरु भएको छैन ।

Ad

प्रतिक्रिया दिनुहोस