Namaste Icon
Ad
Ad

कुलप्याडका दुई नयाँ मोडल नेपाली बजारमा, यस्ताे छ मूल्य र विशेषता

कुलप्याडका दुई नयाँ मोडल नेपाली बजारमा, यस्ताे छ मूल्य र विशेषता

काठमाडौं । लोकप्रिय र चर्चित मोबाइल फोन ब्राण्ड कुलप्याडले नेपाली बजारमा आफ्नो उपस्थिती ससक्त बनाउँदै गएको छ । चिनियाँ ब्राण्डले नेपाली बजारमा हालै २ नयाँ मोडलहरु सार्वजनिक गरेको छ । नेपालको लागि कुलप्याड मोबाइलको आधिकारीक आयातकर्ता तथा बितरक कम्पनी एसडी इन्टरनेशनल प्रालिले शुक्रबार एक कार्यक्रमका बिच कूल १० र कूल एस नामक दुई मोडलका स्मार्टफोनहरु बजारमा सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको दुबै मोडलहरु युवा ग्राहकहरुका लागि लक्षित गरेर ल्याईएको छ । कम्पनीका जनरल म्यानेरज कर्पोरेट हेड उपेन्द्र साहले नेपाली बजारमा छोटो समयमा नै कुलप्याडका फोनहरुले बजार लिन सफल भएको र ग्राहकहरुले निकै रुचाएको बताए ।


कुलप्याडका फोनहरु नयाँ आविश्कारीक र आकर्षक डिजाइनका साथै उच्चस्तरीय फोनहरु भएको कारण युवा पुस्ताले निकै मनपराउनु भएको छ । कुलप्याड अन्तराष्ट्रिय ब्राण्ड भएको हुँदा पनि उच्च गुणस्तरका फोन भित्र्याईरहेका छौं । कम्पनीका जनरल म्यानेरज कर्पोरेट हेड उपेन्द्र साहले भने । उनले नेपाली बजारलाई लक्षित गरेर नयाँ नयाँ मोडलहरु समेत ल्याउने तयारीमा रहेको जानकारी दिए ।


कूल १० स्मार्टफोन
कुलप्याडको कूल १० स्मार्टफोनमा ६.५२ इन्चको वाटरड्रप नोच डिस्प्ले डिजाइन रहेको छभने फोनमा फोटोग्राफीको लागि १६ मेगापिक्सेलको मुख्य क्यामरा, ०.३ मेगापिक्सेल प्लस ०.३ मेगापिक्सेलको रियर क्यामरासहित ड्यूल एआई क्यामरा रहेको छ । सेल्फीका लागि ८ मेगापिक्सेलको एआई क्यामरा राखिएको छ ।


फोनमा पावर दिनका लागि शक्तिशाली ५,००० एमएएच ब्याट्री प्याक रहेको छ भने यसमा लाइट सेन्सर, प्रोक्सिमिटी सेन्सर, साइड फिंगर प्रिन्ट र फेस अनलक फिचरहरु रहेका छन् । कूल १० स्मार्टफोनमा हेलियो पी६० प्रोसेसरका साथमा ४ जीबी र्याम र ६४ जीबी स्टोरेज अप्सन रहेको छ । यो फोनको बजार मूल्य १६,५९५ रुपैयाँ तोकिएको छ ।

कूल एसमा स्मार्टफोन
त्यसैगरि अर्को स्मार्टफोन कूल एस स्मार्टफोनमा ६.५२ इन्चको कर्नर पन्चहोल फूलएचडी प्लस डिस्प्ले डिजाइन रहेको छ भने फोटोग्राफीको लागि ४८ मेगापिक्सेलको क्वाड क्यामरा सेटअप रहेको छ । फोनमा मुख्य क्यामरा ४८ मेगापिक्सेलका साथमा २५ मेगापिक्सेल प्लस २ मेगापिक्सेल तथा ५ मेगापिक्सेलको माइक्रो क्यामरा रहेको छ । यसको रियर क्यामराले स्लोमो समेत खिच्न सकिनेछ ।


फोनमा पावर दिनका लागि शक्तिशाली ५,००० एमएएच ब्याट्री प्याक रहेको छ भने यसमा लाइट सेन्सर, प्रोक्सिमिटी सेन्सर, साइड फिंगर प्रिन्ट, फेस अनलक, ब्लूटूथ, यूएसबी टाइप सी, एनएफसीलगायतका फिचरहरु रहेका छन् । कूल एस स्मार्टफोनमा हेलियो पी६० प्रोसेसरका साथमा ४ जीबी र्याम र १२८ जीबी स्टोरेज अप्सन रहेको छ । यो फोनको बजार मूल्य २२,५९५ रुपैयाँ तोकिएको छ ।


यी दुबै स्मार्टफोनहरु एन्ड्रोइड १० अपरेटिंग सिस्टममा आधारित छन् । कुलप्याडले छिटै नै यी दुबै मोडलका अन्य भेरिएन्टहरु समेत सार्वजनिक गर्ने तयारी गरिरहेको छ । कम्पनीले देशभर आफ्ना ३५ बितरकहरुमार्फत कुलप्याड मोबाइल फोन बिक्री गरिरहेको छ भने ग्राहकरुलाई बिक्रीपछिको सर्भिसका लागि देशभर ४० भन्दा बढि स्थानमा सर्भिस सेन्टरहरुमार्फत सेवा दिईरहेको छ ।

Ad

सम्बन्धित समाचारहरु

सस्तो मुल्यका मोवाइल फोन नेपालमा, यस्ता छन विशेषता तथा मुल्य

काठमाडौं । नेपाली बजारमा आईप्रोका फिचर फोन भित्रिएका छन् । भीएस ग्रुपले आईप्रोका फोनहरु आधिकारिक रुपमा नेपाली बजारमा उपलब्ध गराएको हो । आईप्रोका फिचर फोनको बिक्री–वितरण सन् २०१९ जुलाई देखि प्रारम्भ भए पनि आधिकारिक रुपमा लन्च गरिएको थिएन । पहिलो चरणमा कम्पनीले आईप्रोका सीमित मोडलका फिचर फोनहरु मात्र बिक्री गर्नेछ भने भने विस्तारै अन्य डिजाइनमा फोनहरु उपलब्ध गराउने छ । कम्पनीले नेपाली उपभोक्ताहरुको माग र आवश्यकतालाई मध्यनजर गरेर आईप्रोका फिचर फोन मोडलहरु ल्याउन लागेको हो । आईप्रोका फिचर फोनहरुमा ड्युअल सिम, वायरलेस एफएम, क्यामेरा, मेमोरी कार्ड थप्न सकिने सुविधा, भिडियो रेकर्ड गर्न सकिने सुविधालगायतका विशेषता हुनेछन् ।

नोकियाले ल्यायाे नयाँ स्मार्टफोन, कति पछ

नोकियाले ल्यायाे नयाँ स्मार्टफोन, कति पछ

काठमाडौं । नोकिया फोनहरूको होम्स एचएमडी ग्लोबलले आफ्नो नयाँ स्मार्टफोन नोकिया १.४ सार्वजनिक गरेको छ। ६.५१ इन्च इड्ज–टु–इड्जसम्म फैलिएको एक प्रभावशाली स्क्रिन रियल इस्टेटले पूर्ववर्ती भन्दा यो लगभग एक इन्च ठूलो छ। यो फोन नोकिया १ सिरिजकै सबैभन्दा ठूलो हो । नोकिया १.४ क्षणमा इन्जिनियर र निर्मित गरिएको फोन हो।

Ad

प्रतिक्रिया दिनुहोस