Namaste Icon
Ad
Ad

रावा बैंकको ५६औं वार्षिकोत्सव सम्पन्न, डिजिटल सेवालाई जोड

रावा बैंकको ५६औं वार्षिकोत्सव सम्पन्न, डिजिटल सेवालाई जोड

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ५६औं वार्षिकोत्सव समारोह अर्थमन्त्री विष्णुप्रसाद पौडेलको प्रमुख आथित्यतामा कोभिड–१९ का कारण भर्चुअल माध्यमबाट शनिबार सम्पन्न भएको छ । कार्यक्रममा अर्थमन्त्री माननीय विष्णुप्रसाद पौडेलले राष्ट्रिय वाणिज्य बैंक प्रति आम नागरिकको भरोसा, विश्वास रहेको बताए । उनले बैंकले आगामी दिनमा प्रविधिको मार्फत दिइने बैंकिङ्ग सेवाले आम नागरिकमा लाभ पुग्ने गरी ग्राहकमैत्री सेवाको लागि थप कार्य गर्नुपर्ने बताए ।

प्रमुख अतिथि एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बैंकले संचालनमा ल्याएको पाँचवटा शाखा कार्यालयहरु र पाँचवटा एक्टेन्सन काउन्टरहरुको एकसाथ भर्चुअल माध्यमबाट समुद्घाटन गरेका थिए । कार्यक्रममा भर्चुअल माध्यमबाट नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकको समग्र स्थितिमा सुधारको लागि विगतमा धेरै कदमहरु चालिएकाले बैंकका वित्तीय अवस्था र सेवाको गुणस्तरमा सुधार भई उत्पादकत्व बढेको बताए ।

बैंक संचालक समितिका अध्यक्ष धनिराम शर्माले निक्षेपकर्ता र आम नागरिकको हितमा रही सामाजिक बैंकिङ्ग सहितको ग्राहकमत्री सेवामा बैंकले जोड दिईरहेको बताए । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकको वर्तमान स्थिति र समग्र योजनाको बारेमा जानकारी गराउनु हुँदै बैंकले डिजिटल सेवालाई जोड दिईरहेको बताए । उनले २०७७ पुस मसान्तसम्म बैंकले २ खर्ब ४२ अर्ब रुपैंया निक्षेप संकलन गरी १ खर्ब ७५ अर्ब रुपैंया कर्जा लगानी गरेको बताउनुभयो । कार्यक्रममा बैंकमा क्रियाशिल तीन वटै ट्रेड यूनियनका अध्यक्षहरुले शुभकामना व्यक्त गरेका थिए ।

आज भन्दा ५६ वर्ष अघि २०२२ साल माघ १० गते मुलुकको आर्थिक क्षेत्रकोे विकासमा टेवा पु¥याउने उद्धेश्यका साथ स्थापना भएको यो वैंक देशको सातैवटा प्रदेशमा ७७ वटै जिल्लामा पुग्ने पहिलो बाणिज्य बैंक हो । हाल देशभर बैंकका २४५ वटा शाखा कार्यालय, २०५ वटा एटिएम, ३८ स्थानमा एक्सटेन्सन काउण्टर, ९३ स्थानमा शाखारहित बैंकिंग सेवा संचालनमा रहेका छन् । कार्यक्रममा बैंकको ५६ औं वार्षिककोसवको अवसरमा प्रकाशन गरिएको विशेषाङ्क उपहार–२०७७ तथा अनलाइन बैंकिङ्ग खाताको भर्चुअल माध्यमबाट विमोचन तथा शुभारम्भ गरिएको थियो । कार्यक्रममा बैंकको सर्वोत्कृष्ठ÷उत्कुष्ट कार्य सम्पादन गर्ने शाखा कार्यालयहरुको नाम घोषणा, सर्वोत्कृष्ठ÷उत्कृष्ट कार्य सम्पादन गर्ने कर्मचारी घोषणा, बैंकका २० वर्ष सेवा पुरा गरेका कर्मचारीहरुलाई दीर्घसेवा पदक घोषणा गरिएको थियो ।

५६ औं वार्षिकोत्सवको अवसरमा माघ ५ गते आयोजना गरिएको रक्तदान कार्यक्रम १७१ जना रक्तदाताहरुले रक्तदान गर्नुभएको थियो । भर्चुलअ माध्यमबाट संचालन गरिएको कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी, अर्थ मन्त्रालयका आर्थिक सल्लाहकार डा. प्रकाशकुमार श्रेष्ठ, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरु, बैंक संचालक समितिका सदस्यहरु, रा.वा. बैंकका नायव प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारीे, उपकार्यकारी अधिकृतहरु सरस्वती अधिकारी, देवेशप्रसाद लोहनी, देवेन्द्ररमण खनाल, विभागीय प्रमुखहरु, बैंककी ब्राण्ड एम्बासडर एवं मिस नेपाल वल्र्ड २०२० नम्रता श्रेष्ठ, बैंकका प्रादेशिक प्रबन्धकहरु, सम्पूर्ण शाखा कार्यालयका प्रबन्धकहरु लगायत बैंक कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

 

Ad

सम्बन्धित समाचारहरु

व्यवसायीको हकहितको लागि राज्य उदासीन भएको गुनासो

व्यवसायीको हकहितको लागि राज्य उदासीन भएको गुनासो

लक्ष्मण दुलाल,काठमाडौँ। वि.सं.२०५८ सालमा स्थापित वितरक व्यवसायीहरुको छाता संगठन नेपाल बितरक संघको २० औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

ललितपुरमा हस्तकला मेला

ललितपुरमा हस्तकला मेला

ललितपुर । ‘हस्तकलाको प्रवद्र्धन, महिला सशक्तीकरणको संवद्र्धन’ भन्ने नाराका साथ ललितपुरमा महिला हस्तकला मेला आयोजना गरिएको छ । अन्तराष्ट्रिय महिला दिवसको अवसर पारेर ललितपुर महानगरपालिकाको प्राङ्गणमा मेला शुरु भएको हो । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले मेलाको उद्घाटन गरे । हस्तकला व्यवसायमा संलग्न लघु, घरेलु तथा साना उद्यमी व्यवसायीलाई उत्पादक, खरिदकर्ता, विक्रेता र निर्यातकर्तासँग एकै थलोमा भेला गराउने लक्ष्य मेलाले राखेको छ ।स्थानीयस्तरमा हस्तकलाको बिक्री प्रवद्र्धनका साथै अन्तर्राष्ट्रिय बजारमा समेत निर्यात तथा प्रवद्र्धन गर्ने ध्येयका साथ आफूहरूले प्रयास गरेको मेला संयोजक तथा नेपाल हस्तकला महासङ्घका सदस्य सविता सिंहले जानकारी दिइन । उनले महिला उद्यमीबाट उत्पादित नेपाली उत्पादन/नेपालको पहिचानअनुरुप स्थानीय हस्तकला वस्तुको बजारीकरण र प्रवद्र्धनले महिलाको आर्थिक पाटोलाई समेत टेवा पुग्ने बताइन ।

Ad

प्रतिक्रिया दिनुहोस