Namaste Icon
Ad
Ad

मुलुकमा तेस्रो जनआन्दोलन : कांग्रेस ओलीसँग मिलेमा ओलीसँगै कांग्रेस पनि समाप्त हुने निश्चित

मुलुकमा तेस्रो जनआन्दोलन : कांग्रेस ओलीसँग मिलेमा ओलीसँगै कांग्रेस पनि समाप्त हुने निश्चित

रामप्रसाद रिजाल, युवा नेता : नेकपा

प्रधानमन्त्री खड्ग ओलीको असंवैधानिक कदम प्रति चौतर्फी विरोध भएको छ, जुन विरोध मां ओलीको गुट र राजावादीहरु मात्र संलग्न छैनन । देशभर प्रमुख राजनैतिक दलहरु नेकपा माधव–प्रचण्ड समुह, नेपाली कांग्रेस, जनता समाजवादीले ओली सरकारको चर्को बिरोध गरिरहेका छन ।

त्यस्तै नागरिक समाजका अगुवाहरु डाक्टर देवेन्द्रराज पाण्डेय, कृष्ण पहाडीको समूह पनि विरोधमा होमिएको छ । कानुनका ज्ञाताहरु पूर्व प्रधानन्यायाधीशहरु देखि मुलुकका सबै मानिसहरु ओली सरकारको प्रतिगामी निरंकुश कदम संसद विघटनको विरूद्ध सडकमा ओर्लिएकोले मुलुक तेस्रो जनआन्दोलनमा गएको देखिन्छ ।

मुलुकको प्रजातान्त्रिक पार्टी नेपाली कांग्रेस यसबेला विरोधमा उत्रिए पनि निर्वाचन हुने लोभमा पनि फसेको देखिन्छ । त्यसमा पनि सभापति देउवाले नाफाको राजनीति गर्न खोजेकोमा रामचंद्र पौडेल समुह भने शशक्त ओली सरकारको विरोध गरी संसद पुनर्स्थापना गरी संघीय लोकतांत्रिक व्यवस्थाको रक्षा गर्नुपर्ने मा लागेको छ । पौडेल समुहको अडान नै कांग्रेसमा सबै केन्द्रीय नेताहरूले सहमत जनाईरहेका छन

प्रचण्ड–नेपाल समुहसँग लोकतन्त्रको रक्षा गर्न सहकार्य गर्नुपर्ने मतमा कांग्रेस नेताहरुको मत बढ्दै गएको छ । प्रतिगामी कदमका मतियार ओली सँग कांग्रेस मिलेमा कांग्रेस पनि ओलीसँगै सकिने निश्चित छ । प्रदेश १ र बाग्मती प्रदेश सरकारको लागि अब प्रचण्ड–नेपाल समुहसँग कांग्रेसको समीकरण हुने निश्चित जस्तै भएको छ ।

यस समीकरणले भावी संसद पुनर्स्थापना पछिको केन्द्रीय सरकारमा पनि प्रभाव पार्ने छ । प्रचण्ड–नेपाल र कांग्रेस गठबन्धनले मात्र संघीय लोकतांत्रिक व्यवस्थाको रक्षा हुन्छ यदि कांग्रेस र ओली गठबन्धन बने लोकतन्त्र समाप्त हुन सक्छ । ओलीको पतन निश्चित भएकोले कांग्रेस ओलीको मतियार बन्दा कांग्रेस पनि सकिने निश्चित छ, ओली र कांग्रेस गठबन्धन अपवित्र हुने छ ।

Ad

सम्बन्धित समाचारहरु

विप्लवको जित र कम्फरटेवल क्याम्पमा उत्पन्न पराकम्पन

विप्लवको जित र कम्फरटेवल क्याम्पमा उत्पन्न पराकम्पन

डाईमण्ड म्याग्देली

आमा बुवा उपहारमा आएका भगवान

आमा बुवा उपहारमा आएका भगवान

आमा बाबुको महिमा यो संसारमा अपरम्पार छ जुन कुनै वस्तु होईनन् वृद्धाश्रममा लगेर प्रदर्शनमा राख्नको लागी भन्ने कुरा हामी आम आमा बाबुका छोराछोरी बुहारीले बुझ्न जरुरी छ । जुन घरमा आमा बाबु हाँसिरहेका हुन्छन् त्यो घरमा अवस्य पनि भगवानको वास हुने गर्दछ जुन बुढा आमा बाबु नै भगवान हुन् । हामीले धर्म कमाउन मन्दिरमा धुप वत्ती वालेर पुण्य कमाउन सक्दैनौँ तर ती आफुलाई जन्मदाता आमा बाबुलाई बुढेसकालमा खुसी र सुखी राख्न सक्यौँ भने त्यो जति पुण्य संसारमा कही कतै कमाउन सकिन्न भन्नेमा हामी ढुक्क हुन जरुरी छ । मन्दिरमा हजारौँ खर्च गरेर बली चढाई पुण्य कमाउने आस गर्नुभन्दा संसार देखाउने वास्तविक भगवान आमा बुवाको आशिर्वादलाई लिई आफ्नो कर्ममा लाग्यौँ भने अवस्य पनि सफलता प्राप्‍त हुने निश्चित छ । आमा बाबुको आशिर्वाद आफु चढ्ने गाडीमा हैन उहाँहरुको मन मष्तिष्‍कमा राख्न सक्नु पर्दछ ।

Ad

प्रतिक्रिया दिनुहोस