# भर्खरै
Namaste Icon
Ad
Ad

यी हुन, विश्वकी सबभन्दा कान्छी अर्बपति

यी हुन, विश्वकी सबभन्दा कान्छी अर्बपति

एजेन्सी । अमेरिकाकी २१ बर्षिया युवती काइली जेनर श्रृंगारका सामान व्यवसायबाट २१ वर्षको उमेरमै अर्बपति बनेकी हुन् । काइली आफ्नै बलबुताका कारण अहिलेसम्मकै संसारको सबैभन्दा कान्छी अर्बपति सूचीमा परेकी छिन् । फोर्ब्स म्यागजिनले सार्वजनिक गरेको सन् २०१९ को अर्बपति सूचीमा परेकी २१ वर्षीया काइलीले आफ्नो भाग्य शृङ्गारका सामानको व्यवसायबाट कोरेकी हुन् ।

कान्छो उमेरमा अर्बपति बनेका फेसबुकका संस्थापक मार्क जुकरवर्गको रेकर्ड पनि काइलीले भंग गरेकी थिइन् । कान्छा अर्बपतिका रूपमा सूचीकृत हुँदा जुकर्बर्ग २३ वर्षका थिए । काइलीको जन्म अगस्ट १९९७ मा अमेरिकाको लस एन्जलस क्यालिफोर्निया पिता क्याटलिन जेनर र माता क्रिस जेनरको कोखबाट भएको हो । उनी अमेरिकी नागरिक हुन् । उनी कस्मेटिक्सको संस्थापक मालिक सँगै एक प्रभावशाली व्यक्ति व्यावसायी र मोडल पनि हुन् । उनी २१ बर्षको कलिलो उमेरमा विश्वको सबभन्दा कान्छी अर्बपति बने पनि अहिले भने २३ बर्षको पुगेकी छिन् ।

 

Ad

सम्बन्धित समाचारहरु

आर्थिक अवस्था नाजुक भएकी १४ वर्षीया शान्तिकुमारीको उपचारमा सहयोग गर्न अपिल

काठमाडौं । जन्मजात पिसाब थैली नभएकी महोत्तरीको बर्दीवासकी शान्तिकुमारी थापा मगरको उपचारमा सहयोग गर्न अपिल गरिएको छ । विगत १९ दिन देखि काठमाडौं शिक्षण अस्पत्तालमा उपचार गराइरहेकी १४ वर्षीया शान्तिकुमारीको खर्च अभावले ज्यान जोखिममै पर्ने देखिएको सहयोगको याचना गरिएको हो । काठमाडौ. कपन बस्ने समाजसेवी थोमस तामाङका अनुसार शान्तीको उपचारमा सहयोग वाफत आएको १ लाख १३ हजार ६८० रुपैयाँ खर्च भइसकेको छ । विरामीको स्वास्थ्य अवस्थामा केहि सुधार आएपनि अर्थ अभावले फेरि समस्या बढ्ने होकि भन्ने चिनता लागेको उनले बताए ।

'विप्लव’ निकट जनप्रगतिशील मोर्चा साउदीको पाँचौं अधिबेशन, अध्यक्षमा तोयराज भट्ट

काठमाडौं । नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको बैदेशिक संगठन नेपाली जनप्रगतिशील मोर्चा साउदीको पाँचौं अधिबेशन सम्पन्न गरेको छ । २० जुलाई सम्पन्न भएको अधिबेशनले तोयाराज भट्टको नेतृत्वमा १५ सदसीय केन्द्रिय समिति चयन गरेको छ । नयाँ कार्यसमितिको अध्यक्षमा तोयराज भट्ट, उपाध्यक्षमा माधब घिमिरे, महासचिवमा कैलाश मैनाली, सचिवमा परसुराम घर्ती मगर, सांस्कृतिक बिभाग प्रमुख इन्द्र बिक हुनुहुन्छ भने अन्य सदस्यहरुमा आर जी मगर, मनोज पटेल, दलबहादुर, तिलक पुन, घमर मगर, हरिचन्द्र झाँक्री, कमल थापा, देबु तामाङ, सुभाष मगर रहेका छन।

Ad

प्रतिक्रिया दिनुहोस