ठुलोकान्छा तामाङले भने, ‘पूर्व सांसद तिर्थ लामा मेरो लागि भगवान नै हुन’

काभ्रे । जिल्लाको रोशी गाउँपालिका वडा नम्बर ६ का ४६ वर्षीय ठुलोकान्छा तामाङ केही समय देखि आर्थिक समस्याको कारणले गर्दा उपचारबाट वञ्चित भएका थिए । गरिबी अभावका कारणले गर्दा जे जस्तो रोगले ग्रसित भए पनि घरमा बस्न बाध्य भएका थिए । सो समस्या संबिधान सभाको सदस्य तिर्थ लामाले थाहा पाउना साथ तामाङको घरमा पुगि आँफैले सवारी साधनको ब्यबस्थापन गरेर काठमाडौं कान्तिपुर हस्पिटलमा भर्ना गराएका थिए ।
दाहिने खुट्टामा पूरानो घाउका कारण वर्षौंदेखि थलिएर घरमै बस्न बाध्य थियो तर तामाङको भगवानको रुपमा पुर्व संसद् तिर्थ लामाले ४६ वर्षीय ठुलोकान्छा तामाङ्ग सबै उपचारपछि निको भइ आज घर फर्किएका छन । आर्थिक अवस्था अत्यन्तै कमजोर भएका उनको काठमाडौंको कान्तिपुर अस्पतालमा १३ दिनसम्म उपचार गराइएको हो ।
उपचारका क्रममा शल्यक्रियामार्फत उनको दााहिने खुट्टाको तीन वटा औंला काट्नु परेको थियो । वर्षौंदेखि थला परेका ठूलोकान्छा तामाङ्गले उपचारपछि हिँडेर घर फर्कन पाउँदा निकै खुशी महसुस गरेका नेता लामाले बताएका छन् । मानवीय नाताले उनको उपचारको सम्पूर्ण खर्च तथा व्यवस्थापन गर्न पाउँदा मलाई निकै सन्तुष्टि अनुभूति भएको पुर्व संसद् तिर्थ लामाले आफ्नो सामाजिक सन्जालमा ब्यक्त गरेका छन् । सो क्रममा उपचार गरेर आफ्नो घर जाने क्रममा नेता लामालाई आफुले भगवान पाएको र सधै मानवीय स्वभावका साथ अगाडि बढ्न र राजनीतिक सफताको शुभकामना र बिशेष धन्यवाद समेत ब्यक्त गरेका थिए ।
काठमाडौं । फागुन २१ गते देखि २८ गते सम्म हिन्दु तथा बौद्ध धर्मका गुरुहरुद्वारा एक हप्तासम्म धार्मिक प्रवचन कार्यक्रम हुने भएको छ । महाशिवरात्रीको अवसर पारेर मच्छिन्द्रनाथ मन्दिर क्षेत्र वातावरण सुधार एवम व्यवस्थापन गर्ने र विश्वमा फैलिएको कोरोनाको कारण दिवंगत भएका मनिसहरुको चिरशान्ती साथै सङ्क्रमितहरुको शिघ्रस्वस्थ लाभको कामनासहित उक्त प्रवचन कार्यक्रम गर्न लागिएको हो ।
काठमाडौं । परिवर्तनको लागि मानव समाज नेपाल सँस्थाले नयाँ कार्यसमिति चयन गरेको छ । उक्त सँस्थाले साधारणसभा गरेर नयाँ कार्यसमिति चयन गरेको हो । सँस्थाको नयाँ कार्यसमितिमा अध्यक्ष कृष्णहरि पुडासैनी, उपाध्यक्ष मन्जु श्रेष्ठ, महासचिव राजु कार्की, सचिव विश्वराम ढलाकोटी, कोषाध्यक्ष संगिता विश्वर्कमा (सुन्दास) रहेका छन ।