तब दुख्छ मेरो मन

हिमाल बस्नेत
धानका बालाहरु लह लह झुल्ने मेरा देशका खेतबारीहरुमा
जब बाझोपनले पट पटि फुटेको देख्छु
तब दुख्छ मेरो मन
दुख सुख गरि धेरै बर्ष बिताएका कैयौं सम्बन्धहरु
जब विदेशीने निहुँमा टुटेको देख्छु
तब दुख्छ मेरो मन ।
बुद्धको देश भनी चिनिएको मेरो देशमा
जब दाजु भाई नै एक आपसमा लडि मरेको देख्छु
तब दुख्छ मेरो मन
जनताको हित र चाहाना पुरा गर्छु भनी सत्तामा पुगेका नेताहरुले
जब आफ्नो खल्ती मात्र भरेको देख्छु
तब दुख्छ मेरो मन।
सम्भावना र जोशले भरिएका मेरा देशका युवाहरु
जब कोरिया र जापानको नाउँमा राज्यले नै बेच्छ
तब दुख्छ मेरो मन
देशको समृद्धि र विकास खोज्ने मेरो मनले
जब बाध्यताबस देशको दुरगती र पछाउटेपनको बारे लेख्छु
तब दुख्छ मेरो मन ।
सन्सारमै कुनै देशको अधीनमा नरहेको मेरो देशका
जन्घे पिल्लाहरु ढलेको देख्छु
तब दुख्छ मेरो मन
राष्ट्र र राष्ट्रियताका खातिर लड्छु भनी जनमत लिएर गएका
मेरा देशका नेताहरु जब विदेशी सामु गलेको देख्छु
तब दुख्छ मेरो मन ।
धार्मिक सहिष्णुता र एकताको भाबले भरिएको मेरो देशमा
जब जातीयता र क्षेत्रिएताको द्वन्द चर्किन्छ तब दुख्छ मेरो मन
लाखौं सपनाहरु बोकेर विदेश फिरेको एउटा युवा जब सग्लो होइन रातो बाकशमा फर्किन्छ
तब दुख्छ मेरो मन ।बिकासमा हजारौं फड्को मारे भनेको मेरो देशमा
जब एउटा जिबनजल खान नपाएर बिरामी मर्दछ
तब दुख्छ मेरो मन
बुढेसकालको साहारा भनी जन्माएको छोरोको बियोगमा
जब ति बुढा आमा बाबुको आशु झर्दछ
तब दुख्छ मेरो मन
काठमाडौं । गीतकार डा. डि आर उपाध्यायले आफ्नो ११औँ उपन्यास ‘कफी लभ’ बजारमा ल्याएका छन् । आइतबार प्रणय दिवसको अवसर पारेर कमलादिस्थित प्रज्ञा भवनमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, आख्यानकार भुवनहरि सिग्देल, कृतिका लेखक, प्रकाशक लगायतले उक्त पुस्तकको संयुक्त रुपमा विमोचन गरे । कुलपति उप्रेतीले अहिलेका तन्नेरी पुस्ताको प्रेम एवं जीवनशैली र वर्तमान नेपाली समाजको अवस्था उपन्यासले छर्लंग पारेको जिकिर गरे । उनले भने, ‘गीत लेखनबाट कृतिमानी कायम गरेका डा. उपाध्यायको उपन्यास पनि त्यत्तिकै पठनीय रहेको छ ।’ अग्रज आख्यानकार भुवनहरि सिग्देलले उपन्यासले प्रेमको परिभाषा सामाजिक मूल्य र मान्यताभन्दा फरक किसिमले दिएको सुनाए । उनले समकालिन पुस्तालाई यो उपन्यासका कथा अहिले आफ्नो भोगाई जस्तो लाग्ने र प्रौढ पुस्ताले आफ्ना कलेजका दिन स्मरण गर्ने बताए । कलेज पढ्दै गरेका युवायुवतीको कफीको चुस्कीसँगै सुरु भएको प्रेमसम्बन्ध र त्यसले जीवनमा ल्याएको आरोह अवरोहको कथामा उपन्यास केन्द्रित रहेको छ । देहरादुनका दुन विश्वविद्यालयमा भेटिएका पाँचजना नेपाली विधार्थीबीचको कलेज अध्ययन क्रमका विभिन्न घटना र उनीहरुको आपसी प्रेममा यो उपन्यास केन्द्रित छ ।