Namaste Icon
Ad
Ad

डा. राधिका बुढ्थापाको पुस्तक ‘महिला चासो र चिन्तन’ सार्वजनिक

डा. राधिका बुढ्थापाको पुस्तक ‘महिला चासो र चिन्तन’ सार्वजनिक

केशर विश्वकर्मा, काठमाडौं । डा. राधिका बुढ्थापा (खत्री) द्वारा लिखित महिला चासो र चिन्तन पुस्तक विमोचन गरिएको छ । सो पुस्तक नेकपा नेत्री पम्फा भुसाल र प्राध्यापक डा. प्रेमकुमार खत्रीकाे उपस्थितिमा विमोचन गरिएको हो । सो पुस्तक विमोचन कार्यक्रममा बोल्दै नेकपा नेत्री भुसालले छोरी मान्छेलाई अध्ययन गर्न काठमाडौंमा आएर बस्न समस्या आउने गरेको बताएकी छन । त्यसका बाबजुद पनि महिला चासो र चिन्तन पुस्तक लेखिका डा. राधिकाले लेखेको पुस्तक गुणस्तरीय भएको बताइन् । छोरा र छोरीबीचको विभेदका कारण राजनीतिमा लाग्ने प्रेरणा पाएको नेकपा नेत्री भुसाल बताइन् । उनले अबका दिनमा दर्शन, राजनीति लगायतका विषयको अध्ययन गरेर अझ मजबुत बनाउनेतर्फ ध्यान दिन उक्त पुस्तकको लेखिकालाई अनुरोध गरिन ।

भुसालले अहिलेको संविधान उत्कृष्ट साथै अधिकार राम्रो भएर पनि कार्यान्वयनको पाटाे चुनौतीपूर्ण भएको बताउँदै प्रत्यक्ष चुनाव जितेर आको र समानुपातिकबाट चुनाव जितेर आकोमा केही भिन्न धारणा राख्ने गरेको बताइन् । अहिलेको नेपालको परिवेश अनुसार जनसंघर्षबाट हामीले पाएको अधिकार पनि गुम्ने डर भएकोले यसलाई जोगाउन सबै चनाखो हुन भुसालले अनुरोध गरिन । भुसालले चुनाव खर्चिलो हुँदै गएकोले अबको दिनमा सक्षम हुन जरुरी रहेको बताइन् । अहिले प्रायः स्थानीय तहमा महिलाहरु उपअध्यक्ष भए पनि ५ वर्षपछि अध्यक्षमा लड्न सक्ने क्षमता हुने बताईन ।


संस्कृतविद मनोहर लामिछानेले आरक्षणको वयवस्था होईन सक्षम हुन सिकाउनु पर्नेमा जोड दिए । गाउँमा अन्य कुरामा झगडा पर्‍यो भने बोक्सीको आरोप लगाएर मुद्दा हाल्ने परिपाटी चलेको कुरा पनि किताबमा समावेश गरिएको लगायतका विषय समेटिएकोले यो पुस्तक समय सान्दर्भिक भएको संस्कृतविद लामिछानेले बताए ।

साहित्यकार मधुसूदन गिरीले नेताहरुले जहाँ गयो जस्तो कार्यक्रममा गयो त्यस्तै भाषण गर्ने गरेको बताए । त्यस्तै, उनले नारीवाद पनि धेरै प्रकारका हुने उद्वार नारीवाद, माक्र्सवादी नारीवाद, सामाजिक नारीवादको आलोचनात्मक तवरबाट वर्णन गर्दै यो पुस्तक उद्वार नारीवाद भएको बताए ।

पीएचडी भनेको एउटा तह हो र आगामी दिनमा कसरी सशक्त स्तरीय ढंगबाट लेख्ने भन्ने हो तर नेपालमा यो तह हाँसिल गरेपछि बिर्को लाग्ने गरेको संस्कृतिविद प्राध्यापक डा. प्रेमकुमार खत्री बताए । उनले पीएचडी गर्दा भन्दा पुस्तक लेख्दा उत्साहित हुने भन्दै कुनै पनि कुरा वा विषयमा पूर्णता नहुने बताए । त्यस्तै प्राध्यापक डा. खत्रीले त्रिभुवन विश्वविद्यालयको ६०/७० वर्षको प्रगति नभएको गुनासो व्यक्त गरे । पहिलो प्रयास भएकोले केही कमिकमजोरी भए त्यसलाई सच्याउने लेखिका डा. राधिका बुड्थापा (खत्री) ले बताइन् ।

Ad

सम्बन्धित समाचारहरु

डा. उपाध्यायको कफी लभ

डा. उपाध्यायको कफी लभ

काठमाडौं । गीतकार डा. डि आर उपाध्यायले आफ्नो ११औँ उपन्यास ‘कफी लभ’ बजारमा ल्याएका छन् । आइतबार प्रणय दिवसको अवसर पारेर कमलादिस्थित प्रज्ञा भवनमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, आख्यानकार भुवनहरि सिग्देल, कृतिका लेखक, प्रकाशक लगायतले उक्त पुस्तकको संयुक्त रुपमा विमोचन गरे । कुलपति उप्रेतीले अहिलेका तन्नेरी पुस्ताको प्रेम एवं जीवनशैली र वर्तमान नेपाली समाजको अवस्था उपन्यासले छर्लंग पारेको जिकिर गरे । उनले भने, ‘गीत लेखनबाट कृतिमानी कायम गरेका डा. उपाध्यायको उपन्यास पनि त्यत्तिकै पठनीय रहेको छ ।’ अग्रज आख्यानकार भुवनहरि सिग्देलले उपन्यासले प्रेमको परिभाषा सामाजिक मूल्य र मान्यताभन्दा फरक किसिमले दिएको सुनाए । उनले समकालिन पुस्तालाई यो उपन्यासका कथा अहिले आफ्नो भोगाई जस्तो लाग्ने र प्रौढ पुस्ताले आफ्ना कलेजका दिन स्मरण गर्ने बताए । कलेज पढ्दै गरेका युवायुवतीको कफीको चुस्कीसँगै सुरु भएको प्रेमसम्बन्ध र त्यसले जीवनमा ल्याएको आरोह अवरोहको कथामा उपन्यास केन्द्रित रहेको छ । देहरादुनका दुन विश्वविद्यालयमा भेटिएका पाँचजना नेपाली विधार्थीबीचको कलेज अध्ययन क्रमका विभिन्न घटना र उनीहरुको आपसी प्रेममा यो उपन्यास केन्द्रित छ ।

Ad

प्रतिक्रिया दिनुहोस