Namaste Icon
Ad
Ad

काठमाडौंमा बर्डफ्लु देखिएपछि पशु विभागले जारी गर्‍याे ४ बुँदे अपिल

काठमाडौंमा बर्डफ्लु देखिएपछि पशु विभागले जारी गर्‍याे ४ बुँदे अपिल

काठमाडौं । बर्डफ्लु देखिएपछि काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर ७ साङ्लेखोला, फुटुङमा साढे २५ सय पन्छी नष्ट गरिएको छ। पशु सेवा विभागका अनुसार स्थानीय कृषकले पालेका हाँस, बट्टाई, कुखुरा र टर्की नष्ट पारिएको हो। रोग पुष्टि भएको क्षेत्रबाट रोग अन्यत्र फैलन नदिन संघ, प्रदेश तथा स्थानीय तहका पशु सेवासँग सम्बन्धित निकायलाई परिचालन गरी रोग देखिएको क्षेत्रमा रहेका घरपालुवा पन्छी तथा रोग सार्न सक्ने अन्य वस्तुसमेत नष्ट गरिसकिएको विभागले जनाएको छ।

विभागका अनुसार १ हजार ८६५ हाँस, ६२२ बट्टाई, ३२ कुखुरा, २५ टर्की, ५४२ अण्डा र ७५ केजी दाना नष्ट गरिएको हाे। रोग देखापरेको क्षेत्रलाई पूर्ण निःसंक्रमण गरिएको विभागले सूचना जारी गरी जानकारी दिएकाे छ।

साथै विभागले बर्डफ्लु फैीलन नदिन सम्बन्धित सबैलाई सतर्कताका लागि निम्न ४ बुँदे अपिल जारी गरेको छ :

१. पन्छी तथा पन्छीजन्य उत्पादनको ओसारपसार गर्दा अनिवार्य रूपमा स्वास्थ्य परीक्षण गरी भेटेरिनरी प्रमाणपत्र लिएर मात्र गर्न/गराउन हुन

२. फार्म परिसरमा जैविक सुरक्षाका विधिहरू अवलम्बन गर्न/गराउन हुन

३. फार्म परिसरमा नियमित रूपमा निःसंक्रमण गर्न तथा व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिन हुन

४. कुनै पनि पन्छी फार्म वा अन्य पन्छीपालन वा बिक्रीस्थलमा अस्वाभाविक रूपमा पन्छी बिरामी परेमा वा मरेमा तत्काल नजिकको पशु सेवाका निकायमा सूचना गरिदिन हुन।

Ad

सम्बन्धित समाचारहरु

कोञ्ज्योसोम र बुखेलका  कृषकले पाए ५० प्रतिशत अनुदानको कृषि सामग्री

सन्तोष दाहाल, ललितपुर। कोञ्ज्योसोम गाउँपालिकाका दलचोकी र शंखु तथा महांकाल गाउँपालिकाको बुखेलका कृषकले ५० प्रतिशत अनुदानको खेतबारी जोत्ने मिनिटिलर,वेटिङ काँटा,पानी छर्कने स्प्रे तथा विरुवा रोप्ने मेसिन प्राप्त गरेका छन्

‘मल कारखाना स्थापनाका लागि छलफल भइरहेको छ’

‘मल कारखाना स्थापनाका लागि छलफल भइरहेको छ’

चितवन । कृषि तथा पशुपन्छी विकासमन्त्री पद्माकुमारी अर्यालले किसानले पर्याप्त मात्रामा मल र बीउबिजन पाउने गरी सरकार अघि बढेको बताएकी छन् । यहाँ आज बिहीवार पत्रकारसँग कुरा गर्दै उनले किसानलाई मलको समस्या नहोस् भनेर मन्त्रालयले योजना बनाएको जानकारी दिइन् ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad