# भर्खरै
Namaste Icon
Ad

रेष्टुरेन्टमा काम गर्छिन् बाराक ओबामाकी कान्छी छोरी

रेष्टुरेन्टमा काम गर्छिन् बाराक ओबामाकी कान्छी छोरी

न्यूयोर्क । तपाईंलाई लाग्ला, राष्ट्रको उच्च ओहोदामा रहेकाको परिवारको जीवन सुखी र भव्य हुन्छ । तर, त्यस्तो होइन । केही यस्ता अपवाद हुन्छन् जसले राजनीति व्यापार होइन, सेवा हो भन्ने सन्देश दिन्छ । जस्तै हेरौं न : अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाकी कान्छी छोरी सासालाई । अमेरिकी राजनीतिको एक शक्तिशाली जोडी ओबामा दम्पत्ति उत्तिकै केयरिङ अभिभावक पनि हुन् । यसकारण मिसेल र बाराकले आफ्ना छोरीहरुलाई गर्ने व्यवहारलाई पनि निकै चासोका साथ हेर्ने गरिन्छ ।


बाराककी कान्छी छोरी १५ वर्षिया सासा ओबामा अहिले एक अमेरिकी रेष्टुरेन्टमा काम गर्छिन् । स्कुलबाट समर बिदा भएपछि उनी खर्च जुटाउन काममा लागेकी हुन् । उनी अहिले म्यासाचुसेट्स राज्यको एक रेष्टुरेन्टमा क्यासिअरको काम गर्दैछिन् । स्थानीय मार्था भिनेयार्ड रेष्टुरेन्टमा सासा ग्राहकको अर्डर लिन्छिन्, क्यासलाई रजिस्टर गर्छिन् र लन्चका लागि अन्य स्टाफलाई सघाउँछिन् । रेष्टुरेन्टमा उनले काम गर्दै गरेका तस्विरहरु अहिले सामाजिक संजालमा भाइरल भैरहेका छन् । त्यहाँको एक चर्चित अखबार बोस्टन हेराल्डका अनुसार अमेरिकी खुफिया एजेन्सीका ६ जना सुरक्षाकर्मीहरु सासाले काम गर्ने रेष्टुरेन्टबाहिर उनको काम समाप्तीको पर्खाइमा हुन्छन् । सासाले अहिले चारघण्टा काम गर्ने गरेकी छिन् ।

Ad

सम्बन्धित समाचारहरु

तालिबानद्वारा पत्रकारमाथि आक्रमण

तालिबानद्वारा पत्रकारमाथि आक्रमण

काबुल । काबुलमा महिला अधिकारकर्मीहरूले गरेको प्रदर्शनको मिडिया कभरेज रोक्न तालिबानले बिहीबार पत्रकारहरूमाथि आक्रमण गरेको छ । शिक्षा मन्त्रालयको नजिकबाट अफगानिस्तानको राजधानीमा अवस्थित अर्थ मन्त्रालयसम्म रंगीन हेड स्कार्फ लगाएका महिलाहरूको एउटा समूहले मार्चपास गर्दै शिक्षालाई राजनीतिकरण नगर्न भन्दै नारा लगाएको थियो ।     'हामीसँग अध्ययन गर्ने र काम गर्ने अधिकार छैन र बेरोजगारी, गरीबी, भोकले सताएको छ,' भन्ने लेखिएको प्लेकार्ड  ती महिलाहरू बोकेका थिए । तालिबान अधिकारीहरूले ती महिलालाई करिब १ घण्टा ३० मिनेटसम्म स्वतन्त्र रुपमा हिँड्न दिएको एएफपी जानकारी दिएको छ  ।   तालिबान लडाकूहरूले विदेशी पत्रकारलाई राइफल प्रहार गर्नुको साथै फोटोग्राफरलाई पछाडिबाट लात हानेका बताइएको छ ।  प्रदर्शनकारी आयोजक मध्येकी एक जाहरा मोहम्मदीकाअनुसार महिलाहरू जोखिमको बाबजुद मार्चपास गर्दै थिए । तालिबानहरूले स्थानीय पत्रकार, विदेशी पत्रकार र महिलाहरू कसैको पनि सम्मान नगरेको उनले बताएकी छिन् । महिलाहरूको विद्यालय जाने अधिकारसमेत तालिबानहरूले खोसेको पनि उनले बताएकी छिन् । रासस/एएफपी  

सुँगुरकाे मिर्गाैला मानिसमा 'सफल प्रत्याराेपण'

सुँगुरकाे मिर्गाैला मानिसमा 'सफल प्रत्याराेपण'

एजेन्सी । अमेरिकाको एक मेडिकल टिमले सुँगुरको मिर्गौला मानिसमा सफलतापूर्वक प्रत्यारोपण गरेको छ । अमेरिकाको युनिभर्सिटी अफ लाङ्गोनका डाक्टरको टोलीले सुँगुरको मिर्गौला मानिसमा प्रत्यारोपण गरेको र यसले अस्थायी रुपमा काम गरिरहेको समाचार संस्था एएफपीले जनाएको छ । यस प्रक्रियालाई नेतृत्व गर्ने डाक्टरले यसलाई 'सम्भावित चमत्कार' बताएका छन् ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad