# भर्खरै
Namaste Icon
Ad

साफ च्याम्पियनसीप आजबाट सुरुः पहिलो खेलमा नेपाल र माल्दिभ्स भिड्दै

साफ च्याम्पियनसीप आजबाट सुरुः पहिलो खेलमा नेपाल र माल्दिभ्स भिड्दै

काठमाडौं । दक्षिण एसियाको सर्वाधिक ठुलो फुटबल प्रतियोगिता साफ च्याम्पियनसीपको १३ औं संस्करण आजबाट माल्दिभ्समा सुरु हुँदैछ । मालेस्थित राष्ट्रिय फुटबल रंगशालामा हुने प्रतियोगिताको पहिलो दिन दुई खेल हुनेछन् । पहिलो खेलमा श्रीलंका र बंगलादेश भिड्दा दोस्रो खेलमा नेपालले आयोजक तथा साविक विजेता माल्दिभ्ससँग खेल्नेछ । नेपाल र माल्दिभ्सबीचको खेल नेपाली समय अनुसार राति पौने १० बजे सुरु हुनेछ ।

साफको यो संस्करणमा ५ राष्ट्रको सहभागिता रहेको छ । यस पटक आयोजक माल्दिभ्स, नेपाल, भारत, बंगलादेश र श्रीलंकाले उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् । सहभागी सबै ५ टोलीले समुह चरणमा एक अर्कासँग खेल्नेछन् । लिग चरणको खेलपछि शीर्ष दुई टोलीले उपाधिका लागि असोज ३० मा प्रतिस्पर्धा गर्ने छन् । नेपाली टिम पहिलो पटक साफ च्याम्पियनसिप जित्ने लक्ष्यसहित माल्दिभ्स पुगेको छ । नेपाल अहिलेसम्म साफको फाईनलमा पुग्न पनि सकेको छैन ।

Ad

सम्बन्धित समाचारहरु

साफ च्याम्पियनसीप उपविजेता नेपाली टिमलाई तरुण विभागद्धारा सम्मान

काठमाडौं । नेपाली कांग्रेसको तरुण विभागद्धारा साफ च्याम्पियनको उपविजेता नेपाली टिमका खेलाडीहरुलाई सम्मान गरिएको छ । तरुण विभागले तरुण दलको ६८ औं स्थापना दिवसको अवसर पारेर बुधबार राजधानीमा सम्मान कार्यक्रम आयोजना गरेको हो । सो अवसरमा खेलाडीलाई नगद १०–१० हजार र अफिसियल टिमका लागि ५–५ हजार पुरस्कार समेत प्रदान गरिएको थियो । सम्मान कार्यक्रममा बोल्दै गृहमन्त्री बालकृष्ण खाँणले सरकारको तर्फबाट खेलाडीहरुले उच्च सम्मान रहेको बताए ।

अब्दुल्लाह अलमुताइरी थप तीन वर्ष नेपाली फुटबल टिमको मुख्य प्रशिक्षकमा रहने

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले अखिल नेपाल फुटबल संघ (एन्फा) तीन वर्षको सम्झौता गरेका छन् । प्रशिक्षक अलमुताइरीले एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा र कतार फुटबल एशोसिएसनका प्रतिनिधिसँगको छलफलपछि आफूले थप तीन वर्षका लागि नयाँ सम्झौता गरेको जानकारी दिएका छन् ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad