# भर्खरै
Namaste Icon
Ad

नेपालसँग माल्दिभ्स १–० गोलअन्तरले पराजित

नेपालसँग माल्दिभ्स १–० गोलअन्तरले पराजित

काठमाडौं । माल्दिभ्समा जारी १३ औं संस्करणको साफ च्याम्पियनसिप–२०२१ अन्तर्गत गएराति भएको खेलमा नेपालले विजय सुरुवात गरेको छ । पहिलो खेलमा आयोजक माल्दिभ्सलाई १–० गोलअन्तरले हराउँदै नेपालले सुखद सुरुवात गरेको हो । मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा नेपाललाई जित दिलाउन मनिष डाँगीले खेलको ८६ औं मिनेटमा गरेको गोल नेपालका लागि निर्णायक बन्यो ।

माल्दिभ्सले भने हारबाट प्रतियोगिताको सुरुआत गरेको छ । जितसँगै नेपालले तीन अंक जोडेको छ । अब नेपालले सोमबार दोस्रो खेलमा श्रीलंकासँग, तेस्रो खेलमा भारतसँग अक्टोबर १० (असोज २४) र लिग चरणको अन्तिम खेलमा बंगलादेशसँग अक्टोबर १३ (असोज २७) मा खेल्नेछ ।

Ad

सम्बन्धित समाचारहरु

साफ च्याम्पियनसीप उपविजेता नेपाली टिमलाई तरुण विभागद्धारा सम्मान

काठमाडौं । नेपाली कांग्रेसको तरुण विभागद्धारा साफ च्याम्पियनको उपविजेता नेपाली टिमका खेलाडीहरुलाई सम्मान गरिएको छ । तरुण विभागले तरुण दलको ६८ औं स्थापना दिवसको अवसर पारेर बुधबार राजधानीमा सम्मान कार्यक्रम आयोजना गरेको हो । सो अवसरमा खेलाडीलाई नगद १०–१० हजार र अफिसियल टिमका लागि ५–५ हजार पुरस्कार समेत प्रदान गरिएको थियो । सम्मान कार्यक्रममा बोल्दै गृहमन्त्री बालकृष्ण खाँणले सरकारको तर्फबाट खेलाडीहरुले उच्च सम्मान रहेको बताए ।

अब्दुल्लाह अलमुताइरी थप तीन वर्ष नेपाली फुटबल टिमको मुख्य प्रशिक्षकमा रहने

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले अखिल नेपाल फुटबल संघ (एन्फा) तीन वर्षको सम्झौता गरेका छन् । प्रशिक्षक अलमुताइरीले एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा र कतार फुटबल एशोसिएसनका प्रतिनिधिसँगको छलफलपछि आफूले थप तीन वर्षका लागि नयाँ सम्झौता गरेको जानकारी दिएका छन् ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad