# भर्खरै
Namaste Icon
Ad

कांग्रेस नेतृ प्रियंका गान्धी सीतापुर हिरासतमा

कांग्रेस नेतृ प्रियंका गान्धी सीतापुर हिरासतमा

एजेन्सी । उत्तर प्रदेशको लखिमपुर खिरी जाँदै गरेकी कांग्रेस नेतृ प्रियंका गान्धीलाई सितापुरमा हिरासतमा लिइएको छ । राज्यका कांग्रेस नेता अजय कुमार लल्लुले प्रियंकालाई हिरासतमा लिएको जानकारी दिएका छन् । उनले भने, ‘कसैको दुःखमा सामेल हुनु अपराध हो ?’ उनी लखिमपुर खिरीमा किसानको हत्या गरिएको घटनामा सहभागी हुन त्यतातर्फ जाँदै थिइन् ।

यस्तै बहुमजन समाज पार्टीका नेता सतिशचन्द्र मिश्रले आफूलाई लखिमपुर खिरी जान रोक लगाएको जानकारी दिएका छन् । यस्तै युपीका पूर्वमुख्यमन्त्री अखिलेश यादवलाई पनि सो स्थानमा जान रोक लगाइएको छ । लखिमपुर खिरीमा प्रदर्शनकारी किसानको मृत्युको विषयमा सोमबार बिहानै पत्रकार सम्मेलन आयोजना गरिएको थियो । पत्रकार सम्मेलनका क्रममा किसान नेताले केन्द्रीय राज्यमन्त्री अजय कुमार मिश्रा टेनीका छोराले किसानमाथि गोली हानेको दाबी गरिएको छ ।

भारतीय किसान युनियनका नेता राकेश टिकैतले पत्रकार सम्मेलनमा मन्त्री मिश्रालाई बर्खास्त गर्न, उनका छोरालाई गिरफ्तार गर्न र मृतकका परिवारलाई १–१ करोड क्षतिपूर्ति दिन माग गरेका छन् ।

Ad

सम्बन्धित समाचारहरु

तालिबानद्वारा पत्रकारमाथि आक्रमण

तालिबानद्वारा पत्रकारमाथि आक्रमण

काबुल । काबुलमा महिला अधिकारकर्मीहरूले गरेको प्रदर्शनको मिडिया कभरेज रोक्न तालिबानले बिहीबार पत्रकारहरूमाथि आक्रमण गरेको छ । शिक्षा मन्त्रालयको नजिकबाट अफगानिस्तानको राजधानीमा अवस्थित अर्थ मन्त्रालयसम्म रंगीन हेड स्कार्फ लगाएका महिलाहरूको एउटा समूहले मार्चपास गर्दै शिक्षालाई राजनीतिकरण नगर्न भन्दै नारा लगाएको थियो ।     'हामीसँग अध्ययन गर्ने र काम गर्ने अधिकार छैन र बेरोजगारी, गरीबी, भोकले सताएको छ,' भन्ने लेखिएको प्लेकार्ड  ती महिलाहरू बोकेका थिए । तालिबान अधिकारीहरूले ती महिलालाई करिब १ घण्टा ३० मिनेटसम्म स्वतन्त्र रुपमा हिँड्न दिएको एएफपी जानकारी दिएको छ  ।   तालिबान लडाकूहरूले विदेशी पत्रकारलाई राइफल प्रहार गर्नुको साथै फोटोग्राफरलाई पछाडिबाट लात हानेका बताइएको छ ।  प्रदर्शनकारी आयोजक मध्येकी एक जाहरा मोहम्मदीकाअनुसार महिलाहरू जोखिमको बाबजुद मार्चपास गर्दै थिए । तालिबानहरूले स्थानीय पत्रकार, विदेशी पत्रकार र महिलाहरू कसैको पनि सम्मान नगरेको उनले बताएकी छिन् । महिलाहरूको विद्यालय जाने अधिकारसमेत तालिबानहरूले खोसेको पनि उनले बताएकी छिन् । रासस/एएफपी  

सुँगुरकाे मिर्गाैला मानिसमा 'सफल प्रत्याराेपण'

सुँगुरकाे मिर्गाैला मानिसमा 'सफल प्रत्याराेपण'

एजेन्सी । अमेरिकाको एक मेडिकल टिमले सुँगुरको मिर्गौला मानिसमा सफलतापूर्वक प्रत्यारोपण गरेको छ । अमेरिकाको युनिभर्सिटी अफ लाङ्गोनका डाक्टरको टोलीले सुँगुरको मिर्गौला मानिसमा प्रत्यारोपण गरेको र यसले अस्थायी रुपमा काम गरिरहेको समाचार संस्था एएफपीले जनाएको छ । यस प्रक्रियालाई नेतृत्व गर्ने डाक्टरले यसलाई 'सम्भावित चमत्कार' बताएका छन् ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad