# भर्खरै
Namaste Icon
Ad

६ घन्टापछि खुल्यो फेसबुक, व्हाट्सएप र इन्स्टाग्राम

६ घन्टापछि खुल्यो फेसबुक, व्हाट्सएप र इन्स्टाग्राम

काठमाडौं । सोमबारराति करिब ९ बजेदेखि अचानक सर्बर डाउन भएका सामाजिक सञ्चाल फेसबुक, व्हाट्सएप र इन्स्टाग्राम ६ घन्टापछि खुलेका छन् । सर्बर डाउन भएपनि प्रयोगकर्ताले समस्या भोगेका थिए । सोमबारदेखि अवरुद्ध रहेका सामाजिक सञ्जाल मंगलबार बिहानदेखि पुनः खुलेका हुन् । सामाजिक सञ्जाल फेसबुकले यसबाट प्रयोगकर्तामा परेको असरप्रति माफी मागेको छ ।

यस्तै व्हाट्सएपले सेवा बहाल भएपनि आधिकारिक ह्यान्डलबाट यसबारेमा जानकारी दिँदै विस्तारै विस्तारै सेवाहरु सुचारु हुँदै गएको जनाएको छ । फेसबुकले के कारण सेवा अवरुद्ध भएको हो भन्ने बारेमा भने केही जानकारी दिएको छैन । यद्यपि यो डोमेन नेम सिस्टम (डिएनएस) को समस्या हुनसक्ने जनाएको छ । यी सामाजिक सञ्जाल बन्द भए पछि त्यसको असर फेसबुकको शेयरमा समेत परेको छ । अमेरिकी स्टक मार्केटमा शेयर मूल्य ७ प्रतिशतसम्म घटेको छ ।

Ad

सम्बन्धित समाचारहरु

तीन दिनसम्म ब्याट्री टिक्ने नोकियाको स्मार्टफोन ‘सी३०’ सार्वजनिक

काठमाडाैं । एचएमडी ग्लोबलले ‘सी’ सिरिजमा नयाँ स्मार्टफोन ‘सी३०’ सार्वजनिक गरेको छ । कम्पनीले बिहीवार इन्ट्री लेभलको यो फोन भारतमा सार्वजनिक गरेको हो ।भारतको जियोसँग रणनीतिक साझेदारी गर्दै एचएमडी ग्लोबलले यो फोन बजारमा भित्र्याएको हो । हरियो र सेतो रङमा उपलब्ध यो फोन ३/३२ जीबी र ४/६४ भेरियन्टमा खरिद गर्न सकिन्छ, जसको मूल्य भारतमा क्रमश १०,९९९ भारू र ११,९९९ भारू तोकिएको छ । यो फोनमा एचडी प्लस रेजोलुसनसहित ६.८२ इन्चको ठूलो डिस्प्ले छ । डिस्प्लेको टपमा वाटर ड्रप नच दिइएको छ ।

वाईफाईकाे स्पीड दोब्बर बनाउन अपनाउनुस् यी उपाय

वाईफाईकाे स्पीड दोब्बर बनाउन अपनाउनुस् यी उपाय

काठमाडौं । प्रविधिको बढ्दो प्रयोगसंगै प्राय व्यक्तिको घरमा इन्टरनेट जडान गरिएको हुन्छ । तर कहिलेकाही इन्टरनेट स्लो भइदिंदा यसले तनाव पनि सिर्जना गर्छ । यदि तपाईँको घर या अपिसमा पनि वाईफाईको स्पीडमा समस्या भईरहेको छ भने केहि सजिलो किसिमले तपाईँले त्यसको स्पीड बढाउन सक्नुहुनेछ ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad