# भर्खरै
Namaste Icon
Ad

‘सोल्टा सोल्टिनी’ मा पल र साक्षीको रोमान्स

‘सोल्टा सोल्टिनी’ मा पल र साक्षीको रोमान्स

काठमाडौं । गायक प्रकाश तामाङ तितुङ र भ्वाइस अफ नेपाल सिजन ३ बाट चर्चामा आएकी गायिका सुजिता योञ्जनको स्वर रहेको ‘सोल्टा सोल्टिनी’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा शब्द र संगीत पनि प्रकाशकै रहेको छ । फणिन्द्र राईले एरेञ्ज गरेको गीतमा सुमन खड्काको मिक्सिङ मास्टरिङ रहेको छ । सार्वजनिक गीतको भिडियोमा अभिनेता पल शाह र मोडल साक्षी लम्सालको अभिनय छ ।

साथै प्रिया प्रधान, आकांक्षा तामाङ र सिता प्याकुरेलले पनि अभिनय गरेका छन् । जीवन थापाले निर्देशन गरेको भिडियोमा पल र साक्षी सोल्टा सोल्टिनी बनेका छन् । भिडियोमा निर्देशनसँगै सम्पादन र कलर पनि जीवनकै छ । दीर्घ गुरूङको छायांकन रहेको गीत मोक्तान डिजिटल युट्युब च्यानलमा रहेको छ ।

 

Ad

सम्बन्धित समाचारहरु

मार्मिक गीत ‘बैस छदा’ सार्बजनिक (भिडियोसहित)

मार्मिक गीत ‘बैस छदा’ सार्बजनिक (भिडियोसहित)

चन्द्र कुमार बिश्वकर्मा, काठमाडौं । शान्ति सदाको आवाजमा ‘बैस छदा’ मार्मिक गीत सार्बजनिक भएको छ । सो गीतमा लय गुरु शरण सदाको रहेको छ, भने शब्द गुरुशरण सदा र बिरेन्द्र कुमार सिंहको रहेको छ । उक्त गीतको म्युजिक भिडियोमा अदित्य ठकुरी, प्रमिता राजघतानी, राज रोकाया, पुनम श्रेष्ठ लगाएतलाई देख्न सकिन्छ ।

‘सफा मन र इमान्दारको खोजीमा छु’

‘सफा मन र इमान्दारको खोजीमा छु’

एजेन्सी । बलिउडमा अक्सर स्टारको रिलेशनशिपबारे चर्चा भइरहन्छ । अहिलेसम्म कयौँ स्टारको शिलेशनशिप बाहिर आएको छ । तर अभिनेत्री सोनाक्षी सिन्हाको रिलेशनशिपको खबरको विषयमा सुनिँदैन । हालै द कपिल शर्मा शोमा सहभागी सोनाक्षीले आफू अहिलेसम्म सिंगल रहेको बताएकी छन् ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad