# भर्खरै
Namaste Icon
Ad

बुद्धभूमि हाइड्रोपावरको आईपीओ बाँडफाँट, साढे १९ लाखको हात खाली

बुद्धभूमि हाइड्रोपावरको आईपीओ बाँडफाँट, साढे १९ लाखको हात खाली

काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावरको आईपीओ बाँडफाँट भएको छ । ​गोलाप्रथामार्फत ७४ हजार ४०० जना सर्वसाधारणलाई १० कित्ताका दरले सेयर बाँडफाँट गरिएको छ। कुल २० लाख ३० हजार ९९५ जनाले आवेदन दिएकामा १६ हजार ३३ जनाको आवेदन रद्द भएको थियो । रितपूर्वक आवेदन दिएका २० लाख १४ हजार ९२२ जनालाई गोलाप्रथामा सहभागी गरिएको थियो । कम्पनीले कुल ८ लाख कित्ता साधारण सेयर निष्कासन गरेको थियो। यसमध्ये ५ प्रतिशत अर्थात् ४० हजार कित्ता सामुहिक लगानी कोष र २ प्रतिशत अर्थात् १६ हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो। बाँकी ७ लाख ४४ हजार कित्ता सर्वसाधारणलाई बिक्री गरिएको हो ।​ आईपीओको नतिजा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केटको वेबसाइट र निष्कासन कर्ता कम्पनी बुद्धभूमि नेपालको वेबसाइटबाट हेर्न सकिनेछ ।

Ad

सम्बन्धित समाचारहरु

नबिल बैंकको वित्तीय साक्षरता कार्यक्रम

नबिल बैंकको वित्तीय साक्षरता कार्यक्रम

काठमाडौं । नबिल बैंकले सुर्खेतको बराहतालमा दिगो बैंकिङ तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा बैंकले बराहताल गाउँपालिकासँग दिगो बैंकिङ अन्तर्गत उद्यमशीलता विकास र वित्तीय पहुँचका लागि समझदारी गरेको छ ।

'निजीलाई करोडपति र नेपाल एयरलाइन्सलाई धरासायी बनाउने काम म गर्दिनँ'

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले नेपाल एयरलाइन्सको जहाजलाई घाममा सुकाएर निजी एयरलाइन्सलाई पोस्ने काम भएको बताएका छन् । उनले निजी एयरलाइन्ससँग सेटिङ गरेर उनीहरूलाई रातारात करोडपति बनाउने र नेपाल एयरलाइन्सलाई धरासायी बनाउने काम आफूबाट नहुने उनले बताए ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad