# भर्खरै
Namaste Icon
Ad

शाहरुखका छोरा आर्यन जेलमा

शाहरुखका छोरा आर्यन जेलमा

एजेन्सी । बलिउड अभिनेता शाहरुख खानको छोरा आर्यनलाई जेल पठाइएको छ । उनलाई आर्थर रोड जेलमा राखिएको छ । किला अदालतमा सुनुवाई चलिरहेको समयमा नै एनसीबीका अधिकारीहरुले आर्यनलाई जेल लगेका थिए । अदालतले जमानत खारेज गरेपछि उनीहरु जेलमा नै बसेका छन् । ​आर्यनसहित अन्य आरोपीहरुलाई पनि जेलको पहिलो तलमा ब्यारेक नम्बर १ मा राखिएको छ । अहिलेसम्म कुनै पनि आरोपीलाई त्यहाँको पोशाक दिइएको छैन । सबैलाई ५ दिनसम्म क्वारेन्टाइनमा राखिनेछ । उनीहरुलाई कोरोना परीक्षण गरिनेछ ।

आर्यनसहितका आरोपीहरुलाई कुनै पनि विशेष व्यवस्था नगरिने भारतीय सञ्चार माध्यमले जनाएका छन् । जेलमा आर्यनलाई कुनै पनि विशेष व्यवस्था हुनेछैन । उनले घरको खाना खान चाहेमा अदालतको स्वीकृती लिनुपर्ने हुन्छ । आर्यनले बाहिरको खाना खाने अनुमति दिएको छैन । जेलमा उनले अरुले जस्तै नियम पालना गर्नुपर्ने हुन्छ । जेलमा बिहान ६ बजे उठ्नुपर्ने व्यवस्था छ । ७ बजे बिहानको खाजा दिइन्छ ।

बिहानको खाजामा पुवा र सुजीको पिठोबाट बनेको हलुवा दिइन्छ । जेलमा ११ बजे खानाको व्यवस्था हुन्छ । जसमा रोटी, साग, दाल र भात हुन्छ । आर्यनलाई पनि जेलमा घुम्ने वा डुल्ने सुविधा छैन । उनलाई वा अन्य जेलमा बस्नेलाई थप खाना चाहिएमा क्यान्टिनमा थप पैसा तिर्नुपर्ने हुन्छ । साँझ ६ बजे खाना दिइन्छ । आर्यनले पनि बाँकी जेलमा बस्नेले जस्तै साथमा प्लेट बोकेर खाना माग्नुपर्ने हुन्छ ।

Ad

सम्बन्धित समाचारहरु

मार्मिक गीत ‘बैस छदा’ सार्बजनिक (भिडियोसहित)

मार्मिक गीत ‘बैस छदा’ सार्बजनिक (भिडियोसहित)

चन्द्र कुमार बिश्वकर्मा, काठमाडौं । शान्ति सदाको आवाजमा ‘बैस छदा’ मार्मिक गीत सार्बजनिक भएको छ । सो गीतमा लय गुरु शरण सदाको रहेको छ, भने शब्द गुरुशरण सदा र बिरेन्द्र कुमार सिंहको रहेको छ । उक्त गीतको म्युजिक भिडियोमा अदित्य ठकुरी, प्रमिता राजघतानी, राज रोकाया, पुनम श्रेष्ठ लगाएतलाई देख्न सकिन्छ ।

‘सफा मन र इमान्दारको खोजीमा छु’

‘सफा मन र इमान्दारको खोजीमा छु’

एजेन्सी । बलिउडमा अक्सर स्टारको रिलेशनशिपबारे चर्चा भइरहन्छ । अहिलेसम्म कयौँ स्टारको शिलेशनशिप बाहिर आएको छ । तर अभिनेत्री सोनाक्षी सिन्हाको रिलेशनशिपको खबरको विषयमा सुनिँदैन । हालै द कपिल शर्मा शोमा सहभागी सोनाक्षीले आफू अहिलेसम्म सिंगल रहेको बताएकी छन् ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad