# भर्खरै
Namaste Icon
Ad

नवनियुक्त मन्त्रिहरुलाई माधव नेपालको निर्देशन, 'इमानदारीताका साथ काम गर्नुु'

नवनियुक्त मन्त्रिहरुलाई माधव नेपालको निर्देशन, 'इमानदारीताका साथ काम गर्नुु'

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीबाट नवनियुक्त मन्त्रीहरूलाई इमानदारता र कर्तव्य निष्ठाका साथ देश र जनताको हितमा काम गर्न निर्देशन दिएका छन् । पार्टीबाट नियुक्त मन्त्रीहरूलाई आइतबार पार्टी केन्द्रीय कार्यकालमा बोलाएर नेता नेपालले इमानदारता र कर्तव्यनिष्ठ भएर काम हुने विश्वास लिएको बताएका हुन् । उनले राष्ट्र र जनताको हितलाई केन्द्रबिन्दुमा राखेर काम गर्न मन्त्रीहरूलाई निर्देशन दिएका छन् ।


अध्यक्ष नेपालले निजी स्वार्थ, अनियमितता र भ्रष्टाचारजन्य प्रवृत्तिहरूबाट मुक्त हुन पनि सचेत गराएका छन् । कुनै पनि संस्थामा व्यक्तिको छनौट गर्दा व्यक्तिको योग्यता, क्षमता र कार्यसम्पादनमा गरेको उत्कृष्टताको आधारमा गर्न पनि उनले सुझाव दिए । उनले भने – ‘तपाइहरूले इमानदारीताका साथ, कर्तव्यनिष्ठताका साथ आफ्नो काम सम्पादन गर्नुहुनेछ भन्ने हामीले अपेक्षा गरेका छौँ ।  इमानदारता र कर्तव्यनिष्ठको भावनालाई सर्वोपरि राखेर आफ्नो कार्यसम्पादन गर्ने कुरामा तपाईँहरूको ध्यान म आकर्षित गर्न चाहन्छु । काम गर्दाखेरी राष्ट्रको हितलाई र जुन संस्थाको जिम्मेवारी तपाईँहरूले सम्हाली रहनु भएको छ । त्यो संस्थाको हितलाई केन्द्रबिन्दुमा राखेर, अनि जनताको हितलाई केन्द्रबिन्दुमा राखेर तपाईँहरूले काम गर्नु हुनेछ । यस अर्थमा राष्ट्रको हित, जनताको हित र संस्थाको हितलाई तपाईँहरूले केन्द्रबिन्दुमा राखेर काम गर्नुपर्ने हुन्छ ।’ अध्यक्ष नेपालले मन्त्रीहरूबाट विवादमा आउने र बदनामी कमाउने कुनै पनि काम हुनु नहुनेमा जोड दिएका छन् । उनले पदीय मर्यादा र गरिमा विपरीतका काम नगर्न समेत निर्देशन दिएका छन् ।

Ad

सम्बन्धित समाचारहरु

कांग्रेस महाधिवेशन सर्यो, यस्ताे छ नयाँ कार्यतालिका

कांग्रेस महाधिवेशन सर्यो, यस्ताे छ नयाँ कार्यतालिका

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन मंसिर २७ गतेदेखि पुस १ गतेसम्म हुने भएको छ । यसअघि निर्धारित मंसिर ९ देखि १३ गतेसम्मको मितिमा महाधिवेशन नहुने निश्चित भएपछि निर्वाचन समितिले पुनः नयाँ कार्यतालिका बनाउँदै महाधिवेशनको मिति १८ दिन पर सारेको हो ।

एकीकृत समाजवादीकाे कार्यविभाजनमा कसलाई के जिम्मेवारी (सूचीसहित)

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले नेता झलनाथ खनाललाई सम्मानित नेता तथा विदेश विभाग प्रमुखको जिम्मेवारी दिएको छ । नेकपा एसका अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको केन्द्रीय कमिटीको बैठकपछि जारी अन्तरा पार्टी निर्देशनमा यस्तो उल्लेख छ । 

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad