# भर्खरै
Namaste Icon
Ad

बुटवलको स्थिति तनावग्रस्त, लगाइयो ‘कर्फ्यु’

बुटवलको स्थिति तनावग्रस्त, लगाइयो ‘कर्फ्यु’

बुटवल । रुपन्देहीको मोतीपूर औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्ने समूह र प्रहरीबीच झडप भएपछि स्थिति तनावग्रस्त बनेको छ । उत्पन्न स्थिति नियन्त्रण बाहिर जान सक्ने भन्दै स्थानीय प्रशासनले उक्त क्षेत्रमा कर्फ्यु लगाएको छ ।

स्थानीय र प्रहरीबीच झडप हुँदा सशस्त्र प्रहरीले गोली चलाएको थियो । र, स्थिति झन् तनावग्रस्त हुन पुगेको थियो । आइतबार ४ बजेदेखि अर्को सूचना जारी नहुन्जेलसम्मका लागि पूर्वमा तिनाउ नदीदेखि दक्षिणमा बुटवल उपमहानगरपालिका–१८ औद्योगिक करिडोरको भागसम्म कर्फ्यु लगाइएको प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जारी गरेको सूचनामा उल्लेख छ ।

Ad

सम्बन्धित समाचारहरु

काभ्रेमा कांग्रेसका जिल्ला सदश्य सागर खत्रीसहित ३३ जना नेता कार्यकर्ता राप्रपा नेपालमा प्रवेश

काठमाडौं । नेपाली कांग्रेस काभ्रेका जिल्ला सदश्य सागर खत्रीसहित ३३ जना नेता कार्यकर्ता राप्रपा नेपालमा प्रवेश गरेका छन् । अब देश हाक्ने पालो युवाको भन्दै देशव्यापी संगठन विस्तार गरिरहेको राप्रपा नेपालले एक कार्यक्रम आयोजना गरेर नवप्रवेशीलाई स्वागत गरेको राप्रपा नेपालका उपाध्यक्ष तथा जुझारु युवा नेता रामदास गोपालीले बताए । उपाध्यक्ष गोपालीका अनुसार कार्यक्रममा राप्रपा नेपालका कार्यवाहक अध्यक्ष ओमप्रकाश चौधरी, महामन्त्रीद्धय स्वर्णीम समशेर भण्डारी र सुरेश नेपालले नवप्रवेशी नेता कार्यकर्ताहरु लाई स्वागत गरे ।

झारफुक गर्ने भन्दै घाँटी तथा शरीरको बिभिन्न भागमा टोकेर श्रीमती र छोरीको हत्या

विराटनगर । झारफुक गर्ने क्रममा श्रीमती र छोरीको हत्या गरेको आरोपमा इलाम प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । इलामको देउमाई नगरपालिका- ५ बारुङका ३३ वर्षीय कमल (पूर्णचन्द्र) तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad