# भर्खरै
Namaste Icon
Ad

मोतिपुर घटनामा चारको मृत्यु

मोतिपुर घटनामा चारको मृत्यु

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका–१७ र १८ स्थित मोतिपुर औद्योगिक क्षेत्रमा जग्गा कब्जा गर्ने समूह र प्रहरीबीच झडप हुँदा चार जनाको मृत्यु भएको छ । मृत्यु भएकामध्ये तीनको सनाखत हुन नसकेको र एकको सनाखत भएको शिक्षण अस्पताल (युसिएमएस) का जनसम्पर्क अधिकृत सुशील गुरुङले जानकारी दिए । उनका अनुसार मृत्यु हुनेमा करिब ४८ वर्षीय कपिलवस्तुको वाणगङ्गा नगरपालिका–४ का रमेश परियार रहेका छन् ।

उनको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । अन्य तीनको अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको गुरुङले बताए । मृत्यु भएकाहरु सर्वसाधारण हुन् । अस्पतालमा अन्य पाँच प्रहरी र चार सर्वसाधारणको उपचार भइरहेको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

प्रहरीले अस्थायीरूपमा बनाइएका टहराहरूसमेत भत्काएको छ । झडपमा परी कैयौँ घाइते भएका छन् । सो औद्योगिक क्षेत्रको नदी उकास क्षेत्रमा गत सातादेखि ठूलो सङ्ख्यामा अस्थायी टहरा बनाएर जग्गा अतिक्रमण भएको थियो तर अतिक्रमित जग्गाबाट स्थानीयवासी हट्न नखोजेपछि प्रहरीले बल प्रयोग गरेको बताइएको छ ।

जग्गामा गत चैतमा औद्योगिक क्षेत्रको शिलान्यास गर्दा स्थानीयवासीले विरोध गरेका थिए । करिब २०० बिघा जग्गा सुकुम्बासीको नाममा कब्जा गर्ने प्रयास भइरहेको थियो । विसं २०७२ चैत १ मा रुपन्देहीको मोतिपुरमा पाँच वर्षभित्र औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा भएको थियो । बुटवल उपमहानगरपालिकासहित तिलोत्तमा नगरपालिका, सियारी र शुद्धोधन गाउँपालिकासित जोडिएको तिनाउ नदी उकास क्षेत्रको सार्वजनिक जग्गामा औद्योगिक क्षेत्र बनाउनेमा सबै दलको सहमति थियो ।

Ad

सम्बन्धित समाचारहरु

काभ्रेमा कांग्रेसका जिल्ला सदश्य सागर खत्रीसहित ३३ जना नेता कार्यकर्ता राप्रपा नेपालमा प्रवेश

काठमाडौं । नेपाली कांग्रेस काभ्रेका जिल्ला सदश्य सागर खत्रीसहित ३३ जना नेता कार्यकर्ता राप्रपा नेपालमा प्रवेश गरेका छन् । अब देश हाक्ने पालो युवाको भन्दै देशव्यापी संगठन विस्तार गरिरहेको राप्रपा नेपालले एक कार्यक्रम आयोजना गरेर नवप्रवेशीलाई स्वागत गरेको राप्रपा नेपालका उपाध्यक्ष तथा जुझारु युवा नेता रामदास गोपालीले बताए । उपाध्यक्ष गोपालीका अनुसार कार्यक्रममा राप्रपा नेपालका कार्यवाहक अध्यक्ष ओमप्रकाश चौधरी, महामन्त्रीद्धय स्वर्णीम समशेर भण्डारी र सुरेश नेपालले नवप्रवेशी नेता कार्यकर्ताहरु लाई स्वागत गरे ।

झारफुक गर्ने भन्दै घाँटी तथा शरीरको बिभिन्न भागमा टोकेर श्रीमती र छोरीको हत्या

विराटनगर । झारफुक गर्ने क्रममा श्रीमती र छोरीको हत्या गरेको आरोपमा इलाम प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । इलामको देउमाई नगरपालिका- ५ बारुङका ३३ वर्षीय कमल (पूर्णचन्द्र) तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad