# भर्खरै
Namaste Icon
Ad

मसाल भित्रको अन्तरसंघर्ष उत्कर्षमा

मसाल भित्रको अन्तरसंघर्ष  उत्कर्षमा

काठमाडौं । नेकपा ( मसाल ) र राष्ट्रिय जनमोर्चा भित्र बिगत लामो समय देखि चलेको क्रान्तिकारि र दक्षिणपन्थी राजनैतिक लाइन बिचको अन्तरसंघर्ष चरम उत्कर्षमा पुगेको पुगेकोछ । पार्टीको मुल नेतृत्वले दक्षिणपन्थी कार्यदिशा समातेको भन्दै मसाल र राष्ट्रिय जनमोर्चाका प्रभाबशाली र लोकप्रिय केन्द्रिय नेता एवं विभिन्न प्रदेश तथा स्थानिय समिती र मोर्चाहरुले बिगत केही समय देखि समानान्तर समिती निर्माण गर्दै आइरहेका छन । उक्त अन्तरसंघर्षको प्रभाब बिद्यार्थी मोर्चा मार्फत अरु प्रकट रुपमा बाहिर आएको छ । अखिल ( छैठौं ) को २२औं राष्ट्रिय सम्मेलन बाट उक्त दुबै धारका अलग अलग केन्द्रिय समिती निर्वाचित भएका छन ।

पार्टी भित्रका आन्तरिक समस्या सामाधानका लागि दुबै पक्षले बार्ता समिती बनाएको घोषणा गरे ता पनि वास्तविक बार्ताको सार्थक पहल हुन नसक्दा बिद्यार्थी मोर्चामा समानान्तर दुई केन्द्रिय समिती देखा परेका हुन । अखिल ( छैठौं ) को २२ औ राष्ट्रिय सम्मेलनले पहिलेका महासचिव महेश जोशीको अध्यक्षतामा ३१ सदस्यीय केन्द्रिय समिती निर्वाचित गरेको एक पक्षको दाबी रहेको छ भने अर्को पक्षले पहिलेका उपाध्यक्ष देबेन्द्र कुवरको अध्यक्षतामा ३५ सदस्यीय अर्को केन्द्रिय समिती घोषणा गरेको छ । निर्वाचित अध्यक्ष जोशीलाई पार्टी भित्रको क्रान्तिकारी धारका नेताहरुको साथ समर्थन रहेको देखिन्छ भने अर्का अध्यक्ष कुवरलाइ पार्टी महामन्त्री मोहन बिक्रम सिंह समुहको समर्थन रहेको देखिन्छ ।

'राष्ट्रियताको रक्षा र मौलिक अधिकारका लागि हाम्रो आन्दोलन ! बैज्ञानिक शिक्षा र जनबादी शिक्षाका लागि २२ औ राष्ट्रिय सम्मेलन !! ' भन्ने मुलनाराका साथ २०७८ असोज २२ गते देखि रुपन्देहीको बुटवलमा अखिल ( छैठौं ) को २२ औ राष्ट्रिय सम्मेलन सुरु भएको थियो । सम्मेलनको उद्घाटन राजमो अध्यक्ष चित्र बहादुर केसिले गरेका थिए । २४ असोजमा दुबै पक्षले सम्मेलनले दुई केन्द्रिय समिती निर्वाचित गरेको घोषणा गरेका छन ।

महेश जोशी ( कंचनपुर) को अध्यक्षतामा घोषणा गरिएको ३१ सदस्यीय केन्द्रिय समितिको उपाध्यक्षमा मनोज शर्मा ( बागलुङ ) , महासचिबमा उमेश कंडेल ( कैलाली ) सचिबमा आशिष जगेबु ( इलाम ) र कोषाध्यक्षमा प्रतिभा शर्मा ( काठमाडौं ) रहेका छन । देशका सबै क्षेत्र र समाबेशिताको ख्याल गरि यो समिती निर्वाचित गरेको देखिन्छ । समितिको सचिवालय सदस्यहरुमा शिव चालिसे ( बागलुङ ) , महेश भट्ट ( कंचनपुर ) , हेम बिक्रम चंद ( डोटि ) , एकेन्द्र कंडेल ( कैलाली ) सुमन भण्डारी ( रुपन्देही ) र शमर शाही ( भक्तपुर ) रहेका छन । निर्वाचित समितीका सदस्यहरुमा नरेस झुकाल ( डडेलधुरा ) , कपिल जोशी ( चितवन ) , संसार कार्की ( बाके ) , प्रेम प्रसाद भुषाल ( प्युठान ) , आरती न्यौपाने ( सुर्खेत ), रोशनी चौधरी ( कपिलवस्तु ) , मिलन लम्साल ( काठमाडौं ) , पुष्कर भट्ट ( कंचनपुर ) , बिराट चंद ( बाके ), जनक आचार्य ( कैलाली ),  महेश बिक ( ललितपुर ) , प्रकाश जोशी ( बैतडी ) , लोकराज अवस्थी ( डोटि ) , सन बहादुर राई ( झापा ) , निरज थापा ( बारा ) , सरिता सुवेदी ( सुनसरी ) , जिबि कुवर ( अर्घाखाँची ) र गणेश चंद ( काठमाडौं ) रहेका छन । सदस्य पदमा दुई स्थान पछि पुर्ती गर्ने गरि हाललाई रिक्त राखिएको छ । समितिको सल्लाहकारमा सागर कुवर ( कास्की ) र दिवश पौडेल ( काठमाडौं ) रहेका छन । यस्तै असोज २४ गते नै सम्मेलन बाट निर्वाचित भएको भन्दै देबेन्द्र कुवरको अध्यक्षतामा ३५ सदस्यीय अर्को समिती पनि घोषणा गरिएको छ ।

घोषित समितिको उपाध्यक्षमा गणेश अधिकारी र नविन पाण्डे तथा महासचिवमा सुवाश जिसी रहेका छन । यस्तै, सरोजमान सिंह र ईन्द्रमणी पाण्डे सचिवमा र कोषाध्यक्षमा प्रतिभा आचार्य चयन भएका छन । यो समितिको सचिवालय सदस्यहरुमा हरि बुढा, भीमराज जोशी, हेमराज भट्ट र चोपबहादुर विक चयन भएका छन । समितिको पुर्ण सदस्यहरुमा पुरन पोखरेल, देवेन्द्र पौडेल, खगेन्द्रा विष्ट, नमराज चन्द, विवेक जिसी, टंक अवस्थी, नविन केसी, सागर बेलवासे, ऋषव आचार्य, सूर्य पौडेल, विमल सापकोटा, कमल आचार्य, सूदीप पौडेल, केशव बुढाथोकी, दानु सारु र विमल पाण्डे रहेका छ्न । लक्ष्मण विक, दीपेन्द्र पौडेल, जीवन नेपाली, सञ्जिला बुढा, सगर सुवेदी, कर्म जोशी, तृसना श्रृनेत र गणेश सापकोटा समितिको वैकल्पिक सदस्य रहेका छन । निवर्तमान अध्यक्ष विमल पोखरेल र निवर्तमान सचिव गोपाल प्रसाद भट्टराई समितिको सल्लाहकार रहेकाछन ।

Ad

सम्बन्धित समाचारहरु

कांग्रेस महाधिवेशन सर्यो, यस्ताे छ नयाँ कार्यतालिका

कांग्रेस महाधिवेशन सर्यो, यस्ताे छ नयाँ कार्यतालिका

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन मंसिर २७ गतेदेखि पुस १ गतेसम्म हुने भएको छ । यसअघि निर्धारित मंसिर ९ देखि १३ गतेसम्मको मितिमा महाधिवेशन नहुने निश्चित भएपछि निर्वाचन समितिले पुनः नयाँ कार्यतालिका बनाउँदै महाधिवेशनको मिति १८ दिन पर सारेको हो ।

एकीकृत समाजवादीकाे कार्यविभाजनमा कसलाई के जिम्मेवारी (सूचीसहित)

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले नेता झलनाथ खनाललाई सम्मानित नेता तथा विदेश विभाग प्रमुखको जिम्मेवारी दिएको छ । नेकपा एसका अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको केन्द्रीय कमिटीको बैठकपछि जारी अन्तरा पार्टी निर्देशनमा यस्तो उल्लेख छ । 

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad