# भर्खरै
Namaste Icon
Ad

'माधव नेपालजस्तो दिग्गज नेताले लिड गरेको पार्टी आगामी निर्वाचनमा पहिलो र शक्तिशाली पार्टी हुनेछ'

'माधव नेपालजस्तो दिग्गज नेताले लिड गरेको पार्टी आगामी निर्वाचनमा पहिलो र शक्तिशाली  पार्टी हुनेछ'

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का नेता रामप्रसाद रिजालले आगमी निर्वाचनमा नेकपा (एकिकृत समाजवादी) पहिलो शक्तिशाली कम्युनिस्ट पार्टी हुने बताएका छन् । दर्पण दैनिकसँग कुरा गर्दै नेता रिजालले नेपालका नेताहरुमा माधवकुमार नेपालले सगरमाथा जस्तै हाइट भएको नेता भएकोले समाजवादी पार्टी शक्तिशाली हुने बताएका हुन् । उनले भने, ‘अध्यक्ष नेपालले आफ्नो राजनीति भविष्य दाउमा राखेर संसद मात्र होईन संघीय लोकतांत्रिक व्यवस्था लाई नै बचाउनु भएकोले उहाँको उचाई झन बढेको छ ।’

सूर्य चिन्ह कम्युनिस्ट नभएको भन्दै नेता रिजालले चिन्हले चुनाव जित्ने भए विगतमा ओलीले पनि चुनाव हारेको बताए । ‘०६४ सालको चूनावमा एमालेले कमजोर परिणाम ल्याएको थियो’ उनले भने, अबको चुनावमा ओलीको नक्कली कम्युनिस्ट पार्टीको हालत कमल थापाको पार्टी जस्तै हुने नेता रिजालले दावी गरे ।

माधव नेपालले एमाले फुटाएको नभई नयाँ वास्तविक कम्युनिस्ट पार्टीको निमार्ण गरेर नेपालमा अहिलेसम्म कम्युनिस्ट आचारणको पार्टी थिएनन त्यो अभावलाई नेकपा एकिकृत समाजवादी खोलेर पुरा गरेको नेता रिजालले बताए । उनले भने, ‘एमाले त कमल थापाहरुको राप्रपा जतिको पार्टी पनि अब रहेन र माधव नेपाल, झलनाथ खनाल, बेदुराम भुसाल, प्रकाश ज्वाला, जगन्नाथ खतिवडा, विरोध खतिवडा, वलदेव चौधरी, रामकुमारी झाक्री, राजेन्द्र राई, घनेन्द्र बस्नेत, राममणि पोखरेल लगाएत बिनाको पार्टी कम्युनिस्ट पार्टी हुन सक्दैन ।’

Ad

सम्बन्धित समाचारहरु

कांग्रेस महाधिवेशन सर्यो, यस्ताे छ नयाँ कार्यतालिका

कांग्रेस महाधिवेशन सर्यो, यस्ताे छ नयाँ कार्यतालिका

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन मंसिर २७ गतेदेखि पुस १ गतेसम्म हुने भएको छ । यसअघि निर्धारित मंसिर ९ देखि १३ गतेसम्मको मितिमा महाधिवेशन नहुने निश्चित भएपछि निर्वाचन समितिले पुनः नयाँ कार्यतालिका बनाउँदै महाधिवेशनको मिति १८ दिन पर सारेको हो ।

एकीकृत समाजवादीकाे कार्यविभाजनमा कसलाई के जिम्मेवारी (सूचीसहित)

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले नेता झलनाथ खनाललाई सम्मानित नेता तथा विदेश विभाग प्रमुखको जिम्मेवारी दिएको छ । नेकपा एसका अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको केन्द्रीय कमिटीको बैठकपछि जारी अन्तरा पार्टी निर्देशनमा यस्तो उल्लेख छ । 

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad