# भर्खरै
Namaste Icon
Ad

मनोज गजुरेलले मन्जु पोखरेलसँग गरे विवाह

मनोज गजुरेलले मन्जु पोखरेलसँग गरे विवाह

काठमाडौं । वरिष्ठ हास्यकलाकार मनोज गजुरेलले दोस्रो विहे गरेका छन् । पहिलो पत्नीसँग कानूनी रुपमा ४ वर्ष अघि सम्बन्ध विच्छेद गरेका उनले सोमबार नेपाल सरकारको न्याय सेवाकी अधिकृत मन्जु पोखरेलसँग विवाह गरेका छन् ।

उनले सामाजिक सञ्जाल फेसबूकमा लामो सन्देश राख्दै भनेका छन्, 'सम्पुर्णं आफन्त, साथी तथा शुभचिन्तकहरुलाई यो सुखद जानकारी गराउँछौँ कि हामीले आज मिति २०७८ साल असोज २५ गते सोमबार बिहान डोलेश्वर महादेवको दर्शन गर्यौँ । त्यसपछि परिवारको उपस्थितिमा त्यहीँ विवाह सम्पन्न गर्यौँ । अनि, सपरिवार मानवसेवा आश्रम (कौशलटार) मा रहेका बुवाआमालाई खाना खुवाएररखाएर विवाह सम्पन्न गरेका छौँ । परिस्थिति सिर्जित हाम्रो यो नयाँ अध्यायलाई शुभकामना र आशीर्वाद प्रदान गर्ने सबैलाई धन्यवाद ।'

 

Ad

सम्बन्धित समाचारहरु

मार्मिक गीत ‘बैस छदा’ सार्बजनिक (भिडियोसहित)

मार्मिक गीत ‘बैस छदा’ सार्बजनिक (भिडियोसहित)

चन्द्र कुमार बिश्वकर्मा, काठमाडौं । शान्ति सदाको आवाजमा ‘बैस छदा’ मार्मिक गीत सार्बजनिक भएको छ । सो गीतमा लय गुरु शरण सदाको रहेको छ, भने शब्द गुरुशरण सदा र बिरेन्द्र कुमार सिंहको रहेको छ । उक्त गीतको म्युजिक भिडियोमा अदित्य ठकुरी, प्रमिता राजघतानी, राज रोकाया, पुनम श्रेष्ठ लगाएतलाई देख्न सकिन्छ ।

‘सफा मन र इमान्दारको खोजीमा छु’

‘सफा मन र इमान्दारको खोजीमा छु’

एजेन्सी । बलिउडमा अक्सर स्टारको रिलेशनशिपबारे चर्चा भइरहन्छ । अहिलेसम्म कयौँ स्टारको शिलेशनशिप बाहिर आएको छ । तर अभिनेत्री सोनाक्षी सिन्हाको रिलेशनशिपको खबरको विषयमा सुनिँदैन । हालै द कपिल शर्मा शोमा सहभागी सोनाक्षीले आफू अहिलेसम्म सिंगल रहेको बताएकी छन् ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad