# भर्खरै
Namaste Icon
Ad

इजरायलको लागि छानिए ११७५ जना कामदार (सूचीसहित)

इजरायलको लागि छानिए ११७५ जना कामदार (सूचीसहित)

काठमाडौं । इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा पठाइने सहायक कामदार छनोटको नतिजा सार्वजनिक गरिएको छ । वैदेशिक रोजगार विभागले एक हजार ६ सय उम्मेदवारको सूची पठाएको थियो । भाषा परीक्षा उत्तीर्ण गरी अन्तर्वार्तामा सहभागी मध्येबाट योग्य एक हजार छ सय इजरायलको पपुलेसन एन्ड इमिग्रेसन अथोरिटी (पिआइबिए) लाई सिफारिस गरेको हो । सोमबार पिआइबिएले चिठा प्रणालीबाट छनोट गरेर ११७५ जना कामदार सूची सार्वजनिक गरेको हो । ११७५ कामदारमध्ये ८२१ महिला र ३५४ पुरूष छन् । 

पिआइबीएले छनोट गरेका व्यक्तिहरू र रोजगारदाताबीच रोजगार सम्झौता हुनेछ । रोजगार सम्झौता भएका व्यक्तिहरू इजरायल जान पाउने छन् । विभागले एक हजार चार सयको रोस्टर तयार गर्ने र त्यसबाट एक हजार कामदार इजरायलले छनोट गर्ने विभागले जनाएको छ । इजरायल जाँदा लाग्ने शुल्क रोजगारदाताले नव्यहोरेको खण्डमा कामदार स्वयंले व्यहोर्नुपर्ने उल्लेख गरिएको छ । भिसा, टिकटलगायत खर्च करिब एक लाख ६५ हजार लाग्ने अनुमान विभागको छ । अहिले सरकारले पठाउन लागेका केयरगिभर घरका लागि नभएर संस्थाका लागि भएको विभागले बताएको छ । विभागकाअनुसार नर्सिङ होम तथा केयर होमलगायत संस्थामा उनीहरूले रोजगारी पाउने छन् । भिसा अवधि पाँच वर्षको रहेको छ । कमाइ मासिक डेढ लाखभन्दा बढी नेपाली रूपैयाँ हुने उल्लेख छ ।

 

 

Ad

सम्बन्धित समाचारहरु

जन्मदिनको अवसरमा बालबालिकालाई न्यायो कपडा र नगद वितरण

जन्मदिनको अवसरमा बालबालिकालाई न्यायो कपडा र नगद वितरण

काठमाडौं । एसोसिएसन अफ एलायन्स क्लबस् इन्टनेसनल डिस्ट्रिक १०२३ अन्तर्गत रहेको एलायन्स क्लब अफ काठमाडौं सिटिका प्रथम भाइस प्रेसिडेन्ट एली सुवर्ण श्रेष्ठको जन्मदिनको अवसर पारी न्यायो कपडा र नगद रकम वितरण गरिएको छ । भैसीपाटीमा रहेको बालसेवा गृहका बालबालिकाहरुलाई सो सहयोग गरिएको हो ।

पोर्चुगलमा ७० भन्दाबढि नेता कार्यकर्ता राप्रपा नेपालमा प्रवेश, देशको नेतृत्व युवा पुस्ताले  लिनुपर्नेमा अध्यक्ष तामाङको जोड

पोर्चुगल । राप्रपा नेपालका राष्ट्रिय अध्यक्ष आईताराम तामाङले देशको नेतृत्व युवा पुस्ताले लिनुपर्ने बताएका छन् । राप्रपा नेपालले विजया दशमी, दिपावली तथा छठ पर्वको अवसरमा पोर्चुगलमा आयोजना गरेको चियापन तथा शुभकामना आदानप्रदान कार्यक्रमममा उनले यस्तो बताएका हुन् । लाक्पा तामाङ संयोजनमा भएको कार्यक्रम राष्ट्रिय अध्यक्ष तामाङले बुद्धको मूर्तिमा दीप प्रज्वलन गरेर कार्यक्रमको उद्घाटन गरेका थिए ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad