# भर्खरै
Namaste Icon
Ad

गार्डलाई गोली हानेर सिटिजन बैंक लुटपाट, तीनजना पक्राउ

गार्डलाई गोली हानेर सिटिजन बैंक लुटपाट, तीनजना पक्राउ

मोरङ । जिल्लाको धनपालथान गाउँपालिका–४ कर्सिया बजारमा रहेको सिटिजन ब्याङ्कको शाखामा मङ्गलबार अपराह्न लुटपाट भएको छ । लुटपाटमा संलग्न रहेको आरोपमा पेस्तोल सहित तीन जना पक्राउ परेका छन् । पक्राउ परेका तीन जनामध्ये दुई जना भारतीय नागरिक रहेको जिल्ला प्रहरी कार्यालय, मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसीले बताए ।

लुटेरा समूहले सुरक्षा गार्ड शीतल कुँवरलाई गोली हानेर बैंकभित्र प्रवेश गरेको प्रहरीले जनाएको छ। घाइते सुरक्षा गार्डको न्यूरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ । साप्ताहिक हाट लागेकाले भीडभाड रहेको कर्सिया बजारको बैंकमा पाँच जनाको हतियारधारी समूह प्रवेश गरेको थियो । लुटेर भारततर्फ भाग्दै गर्दा धनपालथान–२ स्थित खयरवनाबाट प्रहरीले तीन जनालाई पक्राउ गरेको हो ।

Ad

सम्बन्धित समाचारहरु

नबिल बैंकको वित्तीय साक्षरता कार्यक्रम

नबिल बैंकको वित्तीय साक्षरता कार्यक्रम

काठमाडौं । नबिल बैंकले सुर्खेतको बराहतालमा दिगो बैंकिङ तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा बैंकले बराहताल गाउँपालिकासँग दिगो बैंकिङ अन्तर्गत उद्यमशीलता विकास र वित्तीय पहुँचका लागि समझदारी गरेको छ ।

'निजीलाई करोडपति र नेपाल एयरलाइन्सलाई धरासायी बनाउने काम म गर्दिनँ'

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले नेपाल एयरलाइन्सको जहाजलाई घाममा सुकाएर निजी एयरलाइन्सलाई पोस्ने काम भएको बताएका छन् । उनले निजी एयरलाइन्ससँग सेटिङ गरेर उनीहरूलाई रातारात करोडपति बनाउने र नेपाल एयरलाइन्सलाई धरासायी बनाउने काम आफूबाट नहुने उनले बताए ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad