# भर्खरै
Namaste Icon
Ad

मुगुमा बस दुर्घटना : २३ जनाको मृत्यु, १८ घाइते

मुगुमा बस दुर्घटना : २३ जनाको मृत्यु, १८ घाइते

मुगु । जिल्लाको छायाँनाथ रारा नगरपालिका ७ पिनाखोलामा बस दुर्घटना हुँदा २३ जनाको मृत्यु भएको छ । सुर्खेतबाट मुगुको सदरमुकाम गमगढीतर्फ गएको भे १ ख ३१६७ नम्बरको बस दुर्घटना हुँदा २३ जनाको मृत्यु भएको र १८ जना घाइते भएको मुगुका प्रहरी प्रमुख चित्रबहादुर भट्टराईले जानकारी दिए । ३९ जना यात्रु रहेको बस दिउँसो २ बजेतिर दुर्घटनामा परेको हो ।

Ad

सम्बन्धित समाचारहरु

सिंहदरबारभित्र एक राउन्ड गोली चल्याे

सिंहदरबारभित्र एक राउन्ड गोली चल्याे

काठमाडौं । चेकजाँचको क्रममा आज मध्याह्नमा सिंहदरबारभित्र एक राउन्ड गोली फायर भएको छ । राष्ट्रियसभाका उपाध्यक्ष शशीकला दाहालको निजी सुरक्षा गार्ड प्रहरी सहायक निरीक्षक अनुपमा भारतीको साथमा रहेको पेस्तोलबाट एक राउन्ड गोली फायर भएको हो । संसद् सचिवालयको भवन नम्बर २ मा उक्त घटना भएको र त्यसबाट मानवीय क्षति नभएको जनाइएको छ ।

'प्रधानन्यायाधीशले राजीनामा नदिए महाभियोग लगाउनुपर्छ'

'प्रधानन्यायाधीशले राजीनामा नदिए महाभियोग लगाउनुपर्छ'

काठमाडौं । नेकपा (माले)का महासचिव सीपी मैनालीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले तत्काल राजीनामा दिनुपर्ने अन्यथा उनीमाथि महाभियोग लगाउनुपर्ने बताएका छन् । प्रधानन्यायाधीश पछिल्लो समय विवादमा तानिएको भन्दै मैनालीले उनलाई तत्काल राजीनामा दिन सुझाएका हुन् ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad