# भर्खरै
Namaste Icon
Ad

नबौं दिनको पुण्य तिथिमा टीका खनाललाई श्रद्धाञ्जली

नबौं दिनको पुण्य तिथिमा टीका खनाललाई श्रद्धाञ्जली

माधव खनाल, अर्घाखाँची । राष्ट्रिय जनमोर्चा भुमिकास्थान नगरपालिका वडा नम्बर १ को आयोजनामा स्वर्गीय टीका खनालको नवौं दिनको पुण्य तिथिपारी आज उहाँकै निवासमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरेको छ । राष्ट्रिय जनमोर्चा अर्घाखाँची जिल्ला समिति सचिव तथा भुमिकास्थान नगरपालिका नगर प्रवक्ता बाबुराम पन्थीले स्वर्गीय टीका खनालको निधनप्रति श्रद्धाञ्जली अर्पण गरे । खनालले देखाएको बाटोमा लाग्न कार्यकर्तालाई निर्देशन दिए । साथै पन्थीले गत वैशाखमा भारतको दिल्लिमा कोभिड–१९ बाट मृत्यु भएका स्वर्गीय टीका खनालका जेठा छोरा स्वर्गीय धनिस्वर खनालप्रति पनि शोक मन्तव्य प्रकट गर्दै मृत्तात्मको चिरशान्तीको कामना गरे ।

यस्तै श्रद्धाञ्जली कार्यक्रममा मन्तव्य राख्दै राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य मेघराज खनालले स्वर्गीय टीका खनालको निधनले राष्ट्रिय जमोर्चाले एक इमानदार तथा स्थानीय स्तरमा कुसल महिला नेतृ गुमाएको बताए । श्रद्धाञ्जली कार्यक्रममा राष्ट्रिय जनमोर्चा भुमिकास्थान नगर सदस्य तथा भुमिकास्थान १ का वार्ड अध्यक्ष भोजराज खनाल, अखिल नेपाल शिक्षक संघका भुमिकास्थान नगर सचीव रामप्रसाद खनाल ,राष्ट्रिय जनमोर्चा भुमिकास्थान १ का सचीव नारायण खनाल अखिल नेपाल युवक संघ भुमिकास्थान १ का अध्यक्ष प्रकाश खनाल राष्ट्रिय जनमोर्चा भुमिकास्थान १ का सदस्य तथा वार्ड सदस्य ओमप्रसाद वेल्बासे लगाएतको उपस्थिति रहेको थियो ।

स्वर्गीय खनालका माइला छोरा हिमन्त खनालको अध्यक्षता माधव खनालको सञ्चालन गरेका थिए । तीन छोरा मध्ये जेठा छोरा धनिस्वर खनालको गत बैशाखमा भारतको दिल्लीमा ३८ वर्षको उमेरमा कोभिड सङ्क्रमणका कारण निधन भएको थियो । स्वर्गीय टीका खनालका श्रीमान दुई छोरा, दुई छोरी, तीन बुहारी, दुई ज्वाइँ र सात नातिनातिना छन् । खनालको २०७८ साल असौज १८ गते साझ ६० वर्षको उमेरमा दम रोगको कारण निधन भएको थियो ।

Ad

सम्बन्धित समाचारहरु

काभ्रेमा कांग्रेसका जिल्ला सदश्य सागर खत्रीसहित ३३ जना नेता कार्यकर्ता राप्रपा नेपालमा प्रवेश

काठमाडौं । नेपाली कांग्रेस काभ्रेका जिल्ला सदश्य सागर खत्रीसहित ३३ जना नेता कार्यकर्ता राप्रपा नेपालमा प्रवेश गरेका छन् । अब देश हाक्ने पालो युवाको भन्दै देशव्यापी संगठन विस्तार गरिरहेको राप्रपा नेपालले एक कार्यक्रम आयोजना गरेर नवप्रवेशीलाई स्वागत गरेको राप्रपा नेपालका उपाध्यक्ष तथा जुझारु युवा नेता रामदास गोपालीले बताए । उपाध्यक्ष गोपालीका अनुसार कार्यक्रममा राप्रपा नेपालका कार्यवाहक अध्यक्ष ओमप्रकाश चौधरी, महामन्त्रीद्धय स्वर्णीम समशेर भण्डारी र सुरेश नेपालले नवप्रवेशी नेता कार्यकर्ताहरु लाई स्वागत गरे ।

झारफुक गर्ने भन्दै घाँटी तथा शरीरको बिभिन्न भागमा टोकेर श्रीमती र छोरीको हत्या

विराटनगर । झारफुक गर्ने क्रममा श्रीमती र छोरीको हत्या गरेको आरोपमा इलाम प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । इलामको देउमाई नगरपालिका- ५ बारुङका ३३ वर्षीय कमल (पूर्णचन्द्र) तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad