# भर्खरै
Namaste Icon
Ad

मुगु बस दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या ३२ पुग्यो

मुगु बस दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या ३२ पुग्यो

काठमाडौं । मुगुमा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या ३२ पुगेको छ । घटनास्थलमै २८ जना र उपचारका लागि नेपालगन्ज लगिएका ४ जनाको मृत्यु भएको जुम्ला प्रहरीले जानकारी दिएको छ । घटनामा अन्य १३ जना घाइते भएका छन् ।

उनीहरूमध्ये १२ जनाको नेपालगन्ज र कोहलपुरमा उपचार भइरहेको छ । एक जना बालिकाको भने जिल्ला अस्पताल मुगुमै उपचार भइरहेको प्रहरीले जनाएको छ । सुर्खेतबाट गमगढी जाँदै गरेको भे–१ ख ३१६७ नम्बरको बस मंगलबार दिउँसो २ बजेतिर मुगुको छायाँनाथ रारा नगरपालिका– ७ पिना तप्नेखोलामा दुर्घटनामा परेको हो ।

Ad

सम्बन्धित समाचारहरु

सिंहदरबारभित्र एक राउन्ड गोली चल्याे

सिंहदरबारभित्र एक राउन्ड गोली चल्याे

काठमाडौं । चेकजाँचको क्रममा आज मध्याह्नमा सिंहदरबारभित्र एक राउन्ड गोली फायर भएको छ । राष्ट्रियसभाका उपाध्यक्ष शशीकला दाहालको निजी सुरक्षा गार्ड प्रहरी सहायक निरीक्षक अनुपमा भारतीको साथमा रहेको पेस्तोलबाट एक राउन्ड गोली फायर भएको हो । संसद् सचिवालयको भवन नम्बर २ मा उक्त घटना भएको र त्यसबाट मानवीय क्षति नभएको जनाइएको छ ।

'प्रधानन्यायाधीशले राजीनामा नदिए महाभियोग लगाउनुपर्छ'

'प्रधानन्यायाधीशले राजीनामा नदिए महाभियोग लगाउनुपर्छ'

काठमाडौं । नेकपा (माले)का महासचिव सीपी मैनालीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले तत्काल राजीनामा दिनुपर्ने अन्यथा उनीमाथि महाभियोग लगाउनुपर्ने बताएका छन् । प्रधानन्यायाधीश पछिल्लो समय विवादमा तानिएको भन्दै मैनालीले उनलाई तत्काल राजीनामा दिन सुझाएका हुन् ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad