# भर्खरै
Namaste Icon
Ad

चाँडबाडको मुखमा राहातकाे सट्टा नागरिकको छातीमा गोली वर्षाउने सरकार मुलुकलाई चाहिदैंन : सुर्यमान तामाङ

चाँडबाडको मुखमा राहातकाे सट्टा नागरिकको छातीमा गोली वर्षाउने सरकार मुलुकलाई चाहिदैंन : सुर्यमान तामाङ

रसुवा । राष्टिय युवा संघ नेपाल रसुवाको आमा छोदिङ्मो गाँउपालिकाका ईन्चाज सुर्यमान तामाङले चाँडबाडको मुखमा नागरिकलाई राहत दिनुपर्नेमा उल्टै नागरिकको छातीमा गोली वर्षाउने सरकार मुलुकलाई नचाहिने बताएका छन । ‘दशैको मुखमा गृहमन्त्रीको आदेशमा उनकै गृह जिल्लाका ४ जना सुकुम्बासीको गोली हानी हत्या गरेर दर्जनौं घाइते बनाएको भन्दै उनले यस्तो प्रतिक्रिया दिएका हुन् । उनले भने, ‘यो सरकार सुकुम्बासी बिरोधी भन्ने पुष्टी भएको छ । मोतिपुरमा सरकारले नागरिकको नरसंहार गरेको उनको आरोप छ ।

मोतिपुर घटना राज्यद्वारा गरिएको नियोजित षडयन्त्र भन्दै उनले आज गृहमन्त्री बालकृष्ण खाँणको राजीनामा माग गगेका छन् । रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रमा प्रहरीको गोली लागेर ४ जनाको मृत्यु भएको घटनालाई लिएर युवा संघले गृहमन्त्रीको राजीनामा मागेको हो । गृहमन्त्रीकै गृह जिल्लामा चार जना सुकुम्बासीको गोली हानी हत्या गरिएपछि संघले सरकारी शैलीको बिरोध गरेको हो ।

संघले प्रहरीलाई गोली चलाउन आदेश दिने गृहमन्त्रीले राजीनामा दिनुपर्ने र उक्त घटनामा संलग्न रहेका दोषीमाथि कारवाही गर्नुपर्ने बताएको छ । संघले राष्ट्रिय अन्तर्राष्ट्रिय मानव अधिकारवादी संघसंस्थाको समेत ध्यानाकर्षण गराएको छ । संघले सरकारले घाइते र मृतकको प्रत्येक थोपा रगतको मूल्य चुकाउनुपर्ने चेतावनी पनि दिएको छ ।

Ad

सम्बन्धित समाचारहरु

काभ्रेमा कांग्रेसका जिल्ला सदश्य सागर खत्रीसहित ३३ जना नेता कार्यकर्ता राप्रपा नेपालमा प्रवेश

काठमाडौं । नेपाली कांग्रेस काभ्रेका जिल्ला सदश्य सागर खत्रीसहित ३३ जना नेता कार्यकर्ता राप्रपा नेपालमा प्रवेश गरेका छन् । अब देश हाक्ने पालो युवाको भन्दै देशव्यापी संगठन विस्तार गरिरहेको राप्रपा नेपालले एक कार्यक्रम आयोजना गरेर नवप्रवेशीलाई स्वागत गरेको राप्रपा नेपालका उपाध्यक्ष तथा जुझारु युवा नेता रामदास गोपालीले बताए । उपाध्यक्ष गोपालीका अनुसार कार्यक्रममा राप्रपा नेपालका कार्यवाहक अध्यक्ष ओमप्रकाश चौधरी, महामन्त्रीद्धय स्वर्णीम समशेर भण्डारी र सुरेश नेपालले नवप्रवेशी नेता कार्यकर्ताहरु लाई स्वागत गरे ।

झारफुक गर्ने भन्दै घाँटी तथा शरीरको बिभिन्न भागमा टोकेर श्रीमती र छोरीको हत्या

विराटनगर । झारफुक गर्ने क्रममा श्रीमती र छोरीको हत्या गरेको आरोपमा इलाम प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । इलामको देउमाई नगरपालिका- ५ बारुङका ३३ वर्षीय कमल (पूर्णचन्द्र) तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad