# भर्खरै
Namaste Icon
Ad

बडादसैं टीकाको साइत शुक्रबार १०ः०२ बजे

बडादसैं टीकाको साइत शुक्रबार १०ः०२ बजे

काठमाडौं । नेपाल पञ्चांग निर्णायक समितिले यस वर्ष बडादसैंको टीकाको उत्तम साइत असोज २९ गते शुक्रबार बिहान १० बजेर २ मिनेटमा परेको जनाएको छ । समितिका अनुसार त्यस दिनदेखि कोजाग्रत पूर्णिमासम्म दुर्गाभवानीको प्रसाद लगाउन सकिन्छ । बिहीबार महानवमी पर्व मनाइन्छ । विजयादशमीका दिन बिहान ८ बजेर १९ मिनेटमा घटस्थापनाका दिनदेखि पूजा आराधना गरिएकी देवीलाई विसर्जन गरिने साइत छ ।

Ad

सम्बन्धित समाचारहरु

सिंहदरबारभित्र एक राउन्ड गोली चल्याे

सिंहदरबारभित्र एक राउन्ड गोली चल्याे

काठमाडौं । चेकजाँचको क्रममा आज मध्याह्नमा सिंहदरबारभित्र एक राउन्ड गोली फायर भएको छ । राष्ट्रियसभाका उपाध्यक्ष शशीकला दाहालको निजी सुरक्षा गार्ड प्रहरी सहायक निरीक्षक अनुपमा भारतीको साथमा रहेको पेस्तोलबाट एक राउन्ड गोली फायर भएको हो । संसद् सचिवालयको भवन नम्बर २ मा उक्त घटना भएको र त्यसबाट मानवीय क्षति नभएको जनाइएको छ ।

'प्रधानन्यायाधीशले राजीनामा नदिए महाभियोग लगाउनुपर्छ'

'प्रधानन्यायाधीशले राजीनामा नदिए महाभियोग लगाउनुपर्छ'

काठमाडौं । नेकपा (माले)का महासचिव सीपी मैनालीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले तत्काल राजीनामा दिनुपर्ने अन्यथा उनीमाथि महाभियोग लगाउनुपर्ने बताएका छन् । प्रधानन्यायाधीश पछिल्लो समय विवादमा तानिएको भन्दै मैनालीले उनलाई तत्काल राजीनामा दिन सुझाएका हुन् ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad