# भर्खरै
Namaste Icon
Ad

ट्याक्टर दुर्घटनामा परि एमाले बैतडीका अध्यक्ष सुरेन्द्र पालका छोराको मृत्यु

ट्याक्टर दुर्घटनामा परि एमाले बैतडीका अध्यक्ष सुरेन्द्र पालका छोराको मृत्यु

बैतडी । मंगलबार राति बैतडीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। गोकुलेश्वरदेखि सतंबाजतर्फ जाँदै गरेको ट्याक्टर करिब साढे १२ बजे राति दोगडाकेदार गाउँपालिका ३ को तारलमा दुर्घटना हुँदा डिलाशैनी गाउँपालिका वडा ३ पंसेराका २३ वर्षीय योगेश पालको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार मृतक पाल नेकपा एमाले बैतडीका जिल्ला अध्यक्ष सुरेन्द्र पालका छोरा हुन् । ट्याक्टर दुर्घटनामा परि गम्भीर घाईते भएका पालको उपचारका क्रममा जिल्ला अस्पताल बैतडीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता बोधराज ओझाले जानकारी दिए ।

Ad

सम्बन्धित समाचारहरु

काभ्रेमा कांग्रेसका जिल्ला सदश्य सागर खत्रीसहित ३३ जना नेता कार्यकर्ता राप्रपा नेपालमा प्रवेश

काठमाडौं । नेपाली कांग्रेस काभ्रेका जिल्ला सदश्य सागर खत्रीसहित ३३ जना नेता कार्यकर्ता राप्रपा नेपालमा प्रवेश गरेका छन् । अब देश हाक्ने पालो युवाको भन्दै देशव्यापी संगठन विस्तार गरिरहेको राप्रपा नेपालले एक कार्यक्रम आयोजना गरेर नवप्रवेशीलाई स्वागत गरेको राप्रपा नेपालका उपाध्यक्ष तथा जुझारु युवा नेता रामदास गोपालीले बताए । उपाध्यक्ष गोपालीका अनुसार कार्यक्रममा राप्रपा नेपालका कार्यवाहक अध्यक्ष ओमप्रकाश चौधरी, महामन्त्रीद्धय स्वर्णीम समशेर भण्डारी र सुरेश नेपालले नवप्रवेशी नेता कार्यकर्ताहरु लाई स्वागत गरे ।

झारफुक गर्ने भन्दै घाँटी तथा शरीरको बिभिन्न भागमा टोकेर श्रीमती र छोरीको हत्या

विराटनगर । झारफुक गर्ने क्रममा श्रीमती र छोरीको हत्या गरेको आरोपमा इलाम प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । इलामको देउमाई नगरपालिका- ५ बारुङका ३३ वर्षीय कमल (पूर्णचन्द्र) तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad