# भर्खरै
Namaste Icon
Ad

मुगु बस दुर्घटनामा ज्यान गुमाउनेका परिवारलाई क्षतिपूर्ति र घाइतेको निःशुल्क उपचार गर्न प्रचण्डकाे माग

मुगु बस दुर्घटनामा ज्यान गुमाउनेका परिवारलाई क्षतिपूर्ति र घाइतेको निःशुल्क उपचार गर्न प्रचण्डकाे माग

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुगुमा हिजो भएको बस दुर्घटनाको खबरले स्तब्ध बनाएको बताएका छन् । एक विज्ञप्तिमार्फत प्रचण्डले देशका विभिन्न भागमा भएका सडक दुर्घटना ज्यान गुमाउनेका परिवारलाई उचित क्षतिपूर्ति र घाइतेहरूको निःशुल्क स्वास्थ्योपचारका लागि सरकारसँग आग्रह गरेका छन् ।

‘नेपाली सडकको दुरावस्थाका साथै सवारीको अवस्था, चाप, सक्षम जनशक्तिको अभाव र सरोकारवाला निकायबाट निगरानी नहुँदा देशमा दिनदिनै यसप्रकारका सवारी दुर्घटनाका घटनाहरू बढ्दै गइरहेको देखिन्छ’, प्रचण्डले भनेका छन्, ‘यसको साथै चाडपर्वहरूमा क्षमताभन्दा बढी यात्रुहरूको ओसारपसारले पनि यस्ता घटना बढ्न पुगेका छन् ।’ उनले सवारी दुर्घटना न्यूनीकरण गर्न सम्वद्ध सबै पक्षको ध्यानाकर्षण गराएका छन् । चाडपर्वको बेला दुर्घटनामा परी मृत्यु भएका नागरिकहरुमा दाहालले श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

Ad

सम्बन्धित समाचारहरु

कांग्रेस महाधिवेशन सर्यो, यस्ताे छ नयाँ कार्यतालिका

कांग्रेस महाधिवेशन सर्यो, यस्ताे छ नयाँ कार्यतालिका

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन मंसिर २७ गतेदेखि पुस १ गतेसम्म हुने भएको छ । यसअघि निर्धारित मंसिर ९ देखि १३ गतेसम्मको मितिमा महाधिवेशन नहुने निश्चित भएपछि निर्वाचन समितिले पुनः नयाँ कार्यतालिका बनाउँदै महाधिवेशनको मिति १८ दिन पर सारेको हो ।

एकीकृत समाजवादीकाे कार्यविभाजनमा कसलाई के जिम्मेवारी (सूचीसहित)

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले नेता झलनाथ खनाललाई सम्मानित नेता तथा विदेश विभाग प्रमुखको जिम्मेवारी दिएको छ । नेकपा एसका अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको केन्द्रीय कमिटीको बैठकपछि जारी अन्तरा पार्टी निर्देशनमा यस्तो उल्लेख छ । 

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad