# भर्खरै
Namaste Icon
Ad

मोरङको बैंक लुटपाटका मुख्य योजनाकारसहित ३ जना सार्वजनिक

मोरङको बैंक लुटपाटका मुख्य योजनाकारसहित ३ जना सार्वजनिक

मोरङ । जिल्लाकाे धनपालथान गाउँपालिका–४, कर्सियाको बीपी चोकस्थित सिटीजन्स बैंकको शाखामा भएको लुटपाटमा संलग्नमध्ये पक्राउ परेका मुख्य योजनाकारसहित ३ जनालाई बुधबार प्रहरीले सार्वजनिक गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा मुख्य योजनाकार विराटनगर महानगरपालिका–८ का ३२ वर्षीय श्याम मुखिया, भारत अररिया सेखपुरा–५ का २८ वर्षीय सुनील यादव र अररिया गोराहा–४ का ३० वर्षीय विजय सहनी हुन् ।

पक्राउ परेका सुनील यादवले प्रयोग गरेको कटुवा पेस्तोल र एक राउन्ड गोली, घाइते विजय सहनीबाट बरामद १ मोबाइल, घटनास्थलबाट पेस्तोलको एक राउण्ड गोली, १ खोका र घाइते सुरक्षागार्ड ३८ वर्षीय शितल कुमालको शरीरबाट निकालिएको एक गोली पनि प्रहरीले पत्रकार सम्मेलनमा सार्वजनिक गरेको छ ।

Ad

सम्बन्धित समाचारहरु

नबिल बैंकको वित्तीय साक्षरता कार्यक्रम

नबिल बैंकको वित्तीय साक्षरता कार्यक्रम

काठमाडौं । नबिल बैंकले सुर्खेतको बराहतालमा दिगो बैंकिङ तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा बैंकले बराहताल गाउँपालिकासँग दिगो बैंकिङ अन्तर्गत उद्यमशीलता विकास र वित्तीय पहुँचका लागि समझदारी गरेको छ ।

'निजीलाई करोडपति र नेपाल एयरलाइन्सलाई धरासायी बनाउने काम म गर्दिनँ'

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले नेपाल एयरलाइन्सको जहाजलाई घाममा सुकाएर निजी एयरलाइन्सलाई पोस्ने काम भएको बताएका छन् । उनले निजी एयरलाइन्ससँग सेटिङ गरेर उनीहरूलाई रातारात करोडपति बनाउने र नेपाल एयरलाइन्सलाई धरासायी बनाउने काम आफूबाट नहुने उनले बताए ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad