# भर्खरै
Namaste Icon
Ad

साफ च्याम्पियनसिपपछि अल्मुताइरीले राजीनामा दिने

साफ च्याम्पियनसिपपछि अल्मुताइरीले राजीनामा दिने
फाइल तस्विर

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले जारी साफ च्याम्पियनसिपको फाइनलपछि नेपालमा नरहने बताएका छन् । बुधबार बंगलादेशविरुद्धको खेलपछि पोस्ट म्याच कन्फ्रेन्समा बोल्दै अल्मुताइरीले आफूले एक महिनाअघि राजीनामा दिइसकेको र जारी साफको फाइनल खेलपछि आफू नेपालमा नरहने बताएका हुन् ।

अल्मुताइरीले आफूले एक महिनाअघि राजीनामा दिइसकेको र साफ च्याम्पियनसिपपछि त्यो लागु हुने बताए । उनले साफ च्याम्पियनसिपमा नेपाल भारतसँग पराजित भएपछि समर्थक र मिडियाले उनीमाथि गरेका टिकाटिप्पणीप्रति पनि असन्तुष्टि जनाए ।

Ad

सम्बन्धित समाचारहरु

साफ च्याम्पियनसीप उपविजेता नेपाली टिमलाई तरुण विभागद्धारा सम्मान

काठमाडौं । नेपाली कांग्रेसको तरुण विभागद्धारा साफ च्याम्पियनको उपविजेता नेपाली टिमका खेलाडीहरुलाई सम्मान गरिएको छ । तरुण विभागले तरुण दलको ६८ औं स्थापना दिवसको अवसर पारेर बुधबार राजधानीमा सम्मान कार्यक्रम आयोजना गरेको हो । सो अवसरमा खेलाडीलाई नगद १०–१० हजार र अफिसियल टिमका लागि ५–५ हजार पुरस्कार समेत प्रदान गरिएको थियो । सम्मान कार्यक्रममा बोल्दै गृहमन्त्री बालकृष्ण खाँणले सरकारको तर्फबाट खेलाडीहरुले उच्च सम्मान रहेको बताए ।

अब्दुल्लाह अलमुताइरी थप तीन वर्ष नेपाली फुटबल टिमको मुख्य प्रशिक्षकमा रहने

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले अखिल नेपाल फुटबल संघ (एन्फा) तीन वर्षको सम्झौता गरेका छन् । प्रशिक्षक अलमुताइरीले एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा र कतार फुटबल एशोसिएसनका प्रतिनिधिसँगको छलफलपछि आफूले थप तीन वर्षका लागि नयाँ सम्झौता गरेको जानकारी दिएका छन् ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad