# भर्खरै
Namaste Icon
Ad

निङ्गलाशैनी र मेलौली भगवती मन्दिरमा दुई हजार रांगा र बोकाको बलि

निङ्गलाशैनी र मेलौली भगवती मन्दिरमा दुई हजार रांगा र बोकाको बलि

बैतडी । सुदूरपश्चिम प्रदेशकै सबैभन्दा बढी पशु बलि हुने बैतडीको दशरथचन्द नगरपालिका २ देहिमाडौंमा रहेको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा आज भव्य जात्रा सम्पन्न भएको छ । फूलपातीदेखि सुरु भएको जात्रामा आज महाअष्टमीमा बलिसहित पुजाआजा गरि सम्पन्न भएको हो । यसका साथै मेलौली नगरपालिकामा रहेको मेलौली भगवती मन्दिरमा पनि बलिसहित जात्रा सम्पन्न भएको छ ।

दुबै स्थानमा रहेका भगवतीका मन्दिरमा २ हजारबढी रांगा र बोकाको बलि दिइएको प्रहरीले जनाएको छ । निङ्गलाशैनी मन्दिरमा ३ सय २८ रांगाको बलि चढाएको प्रहरी चौकी देहिमाडौंका प्रमुख केशव सिंह भण्डारीले जानकारी दिए । घटस्थापनादेखि महाअष्टमीका दिनसम्म १ हजार ५ सय बोकाको बलि चढाइएको छ ।

यस्तै मेलौली भगवती मन्दिरमा पनि आज महाअष्टमीमा बलिसहित जात्रा सम्पन्न भएको छ । मेलौलीमा ९५ रांगा र १ सय ४४ बोकाको बलि दिइएको जनाइएको छ । जात्रामा सुदूरपश्चिम प्रदेशका साथै भारतीय दर्शनार्थी समेत आएका थिए । यसैबीच निङ्गलाशैनी भगवती मन्दिरमा लाग्ने जात्रालाई व्यवस्थित बनाउन सुरक्षा व्यवस्था कडा पारिनुका साथै मदिरा बिक्रीवितरण, सेवन र जुवातास खेल्न पूर्ण रुपमा रोक लगाएको छ ।

Ad

सम्बन्धित समाचारहरु

काभ्रेमा कांग्रेसका जिल्ला सदश्य सागर खत्रीसहित ३३ जना नेता कार्यकर्ता राप्रपा नेपालमा प्रवेश

काठमाडौं । नेपाली कांग्रेस काभ्रेका जिल्ला सदश्य सागर खत्रीसहित ३३ जना नेता कार्यकर्ता राप्रपा नेपालमा प्रवेश गरेका छन् । अब देश हाक्ने पालो युवाको भन्दै देशव्यापी संगठन विस्तार गरिरहेको राप्रपा नेपालले एक कार्यक्रम आयोजना गरेर नवप्रवेशीलाई स्वागत गरेको राप्रपा नेपालका उपाध्यक्ष तथा जुझारु युवा नेता रामदास गोपालीले बताए । उपाध्यक्ष गोपालीका अनुसार कार्यक्रममा राप्रपा नेपालका कार्यवाहक अध्यक्ष ओमप्रकाश चौधरी, महामन्त्रीद्धय स्वर्णीम समशेर भण्डारी र सुरेश नेपालले नवप्रवेशी नेता कार्यकर्ताहरु लाई स्वागत गरे ।

झारफुक गर्ने भन्दै घाँटी तथा शरीरको बिभिन्न भागमा टोकेर श्रीमती र छोरीको हत्या

विराटनगर । झारफुक गर्ने क्रममा श्रीमती र छोरीको हत्या गरेको आरोपमा इलाम प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । इलामको देउमाई नगरपालिका- ५ बारुङका ३३ वर्षीय कमल (पूर्णचन्द्र) तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad