# भर्खरै
Namaste Icon
Ad

कोरोना भाइरसको उत्पत्तिबारे अनुसन्धान गर्न कार्यदल गठन

कोरोना भाइरसको उत्पत्तिबारे अनुसन्धान गर्न कार्यदल गठन

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोभिड-१९ को उत्पत्ति पत्ता लगाउन कार्यदल गठन गरेको छ । साइन्टिफिक एड्भाइजरी ग्रुप अफ द ओरिजिन्स अफ नोभल पाथोजेन्स (सागो) सँग संयुक्त रुपमा गठन गरिएको नयाँ कार्यदलमा २६ जना विज्ञहरु मनोनीत गरिएको छ । डब्लूएचओले नयाँ कार्यदल कोभिड-१९ को उत्पत्ति पत्ता लगाउने अन्तिम अवसर हुनसक्ने जनाएको छ। साढे एक वर्षअघि पहिलो पटक चीनको वुहान सहरमा भाइरस भेटिएको थियो तर भाइरस सुरुमा कसरी उत्पत्ति भयो भन्ने विषयमा भने अझै अस्पष्ट छ ।

नवगठित कार्यदलले वुहानको बजारबाट जनावरबाट मानिसमा भाइरस सरेको हो वा प्रयोगशाला दुर्घटनापछि फैलिएको हो भनेर विचार गर्ने छ । प्रयोगशालासम्बन्धी दोस्रो धारणाप्रति चीनले कडा रुपमा प्रतिवाद गर्दै आएको छ । कोभिडको उत्पत्तिको विषयमा अनुसन्धान गर्न गत फेब्रुअरीमा चीन पुगेको डब्लूएचओको एक टिमले भाइरस चमेराबाट मानिसमा सरेको सम्भावनासहितको निष्कर्ष दिएको थियो तर यस विषयमा थप काम गर्नुपर्ने जनाएको थियो । तर पछि डब्लूएचओका महानिर्देशक डाक्टर टेड्रोस एडहानामले चिनियाँ पक्षको आपरदर्शीता र डेटाको अभावले अनुसन्धानमा बाधा उत्पन्न भएको बताएका थिए । डब्लूएचओका अधिकारीहरुले साइन्स जर्नलमा प्रकाशित गरेको एक लेखेमा ुप्रयोगशाला दुर्घटनाुको विषयलाई अस्वीकार गर्न नसकिने उल्लेख छ।

सागोले प्रस्ताव सदस्यहरुमा यसअघि चीन पुगेका विज्ञ टिमका सदस्य रहेका छन् । नयाँ कार्यदलको घोषणा चीनले महामारी सुरुवाि महिनामा लिएको ब्लड बैंकले लिएको हजारौँ नमुनाको परीक्षण गर्न तयारी गरिरहेको भन्ने समाचार आएको समयमा भएको हो । चीनले भने उत्पत्तिको विषयमा वैज्ञानिक अनुसन्धान विषय भएको तर कोभिड १९ को उत्पत्तिलाई राजनीतिकरण गर्न खोजेको आरोप लगाउँदै आएको छ ।

Ad

सम्बन्धित समाचारहरु

मंसिर १९ गतेदेखि जुम्लामा एमबिबीएस कक्षा सञ्चालन

मंसिर १९ गतेदेखि जुम्लामा एमबिबीएस कक्षा सञ्चालन

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा चिकित्सा शिक्षाको स्नातक तह (एमबिबीएस) अध्ययनका लागि तयारी पूरा भएको छ । यसका लागि आवश्यक कोठा, प्रयोगशाला र छात्रावासको व्यवस्था गरिएको र यही मङ्सिर १९ गतेबाट कक्षा सञ्चालन हुने जनाइएको छ ।

माल्दिभ्सबाट आइपुग्यो २ लाख एक हजार ६०० डोज एस्ट्राजेनेका खोप

काठमाडौं । माल्दिभ्स सरकारले उपहारस्वरुप उपलव्ध गराएको कोरोना विरुद्धको २ लाख एक हजार ६०० डोज एस्ट्राजेनेका खोप आइतबार राति नेपाल आइपुगेको छ । स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाका आपूर्ति शाखा प्रमुख उपेन्द्र ढुंगानाका अनुसार कतार एयरको नियमित उडान मार्फत बेलुका ८:३० बजे खोप नेपाल आइपुगेको हो ।

Ad

प्रतिक्रिया दिनुहोस