# भर्खरै
Namaste Icon
Ad

‘ओम सरकै प्रेरणाले म सानै देखि कम्युनिस्ट बनें'

‘ओम सरकै प्रेरणाले म सानै देखि कम्युनिस्ट बनें'
रामप्रसाद रिजाल, नेता नेकपा एकीकृत समाजवादी

आदरणीय कम्युनिस्ट आंदोलनकै पूर्वका हस्ती ओम कोईराला आज देखि हामी बीच रहनु भएन । लामो समय देखि मृगौला रोग बाट उहाँ पिडीत हुनुहुन्थ्यो १ बर्ष अगाढी म उहाँको स्वास्थ्य अवस्था बुझ्न उहाँकै निवास ईटहरी २ सुनसरीमा गएको थिँए । त्यस बीचमा त्यस बेला को मुलुकको पहिलो पार्टी नेकपा जसले सरकारको नेतृत्व गरीरहेको थियो । त्यस विषयमा मैले ओम सर संग लामो कुराकानी गर्ने अवसर पनि प्राप्त गरे मैले माधव कमरेडको पक्षमा र ओम सरले ओली कमरेडको पक्षमा कूराकानी गरेका थियाैं । ‘राजनीतिमा मत मतान्तर हुनुपर्छ यसले नेताहरुलाई सुधार्ने अर्थात ठीक ठाउंमा ल्याउने काम गर्छ’ उहाँले भनेका कुरा अझैं ताजै छन् ।

म ओम सरको स्वास्थ्यको बारेमा फोनमा कुराकानी गरिरहन्थें । अन्तिम समय उहाँको जेठो छोरा अर्जुन जी संग कुरा गरेको थिए । ठीकै छ हामी उपचार गरिरहेका छौं अर्जुनले मलाई भनेका थिए । अर्जुन र म कलासमेट थियौं । त्यही भएर पनि म ओम सरलाई सानै देखि चिन्थे उहाँको प्रेरणाले, संगतले म सानै देखि कम्युनिस्ट पार्टीमा सक्रिय भएको पनि हुँ । म ओम सरको छोराको साथी पनि, पार्टी पनि एउटै, घर पनि एकै ठाउं भएकोले होला म ओम सरको सानै देखि प्रिय नै थिए ।

साथी अर्जुनका भाईहरू अशोक अमृत र अजय हरू म भन्दा जुनिएर थिए पढाईमा भने ओम सरको छोरीहरू अन्जला दिदिहरू म भन्दा सिनियर हुनुहुन्थ्यो । ओम सरको भाञ्जा गोकुल रेग्मी र म  कक्षा ८ सम्मसँगै पढेका थियौं । त्यसबेलाको इटहरी २ को महेन्द्र निमावि हालको महेन्द्र मावि जुन विद्यालय मा ओम सरले म जन्मिनु भन्दा अघाडी नै पढाउनु हुन्थ्यो रहेछ ।

ओम कोईराला,  जन्म २०११ चैत्र १५ गते / मृत्यु २०७८ असोज २९ गते

मदन भण्डारीसँगै भुमिगत समय देखि नै राजनीतिमा सकृय रहेका ओम सरले कहिले राजकीय पदको अपेक्षा गर्नुभएन् । ओम सर भन्दा जुनियर हरू प्रधानमनत्री, मन्त्री, सांसद भए तर उहाँले कहिले राजकीय पदको लागि मरिहत्ते गर्नुभएन । पदको लागि कुर्सीको लागि जे पनि गर्न पछि नपर्ने हाम्रा देशका नेताहरू मा ओम सर पर्नुभएन । ओम सरलाई सानै देखि देखेकोले होला सबैले ओम सर भनेकोले होला उहाँ को जेष्ठ छोरा अर्जुनसँग पढेको हुदा पनि मैले साथीको बुवा लाई कहिल्यै बुवा–अंकल भनिन ओम सरै भनीरहे ।

एक हप्ता अगाडी उहाँको ईटहरीमा भव्य समारोह बीच नागरिक अभिनन्दन गर्यो जुन अभिनन्दन ले थोरै भए पनि अन्तिम मा उहाँलाई राहत भने मिलेको छ । आज म सुनसरी बाहिर अलिक टाढा भएकोले ओम सरको अन्तिम बिदाईमा जान सकिन क्षमा प्रार्थी छु । कम्युनिस्ट आन्दोलनका भीष्म पितामह ओम सरको निधनले कम्युनिस्ट आन्दोलनलाई मात्र होइन आज सिंगो मुलुकलाई ठूलो क्षति पुगेको छ ।

अल बिदा ओम सर । अन्तिम मा ओम सर प्रति हार्दिक श्रद्धांजली अर्पण गर्दै सरको आत्मा को चीरशान्ति को कामना गर्दै हजूर को बैकुंठमा बास होस । शोकाकुल परिवारजन प्रति धैर्य धारण गर्ने शक्ति मिलोस भन्ने भगवान संग प्रार्थना पनि गर्दछु ।

 

लेखक : रामप्रसाद रिजाल, नेकपा एकीकृत समाजवादीका युवा नेता हुन् ।


 

 

Ad

सम्बन्धित समाचारहरु

कांग्रेस कर्णाली प्रदेशको सभापतिमा भुपेन्द्रजंग शाही किन ?

- कसैको टिको थापेर होइन आफ्नै पराक्रमले गाउँको झुपडीमा जन्मेर इमानको राजनीति गरेर देश परिवर्तनको मिसनमा अनवरत लागि रहनुभएको व्यक्तित्व ।

लुम्बिनीका साढे तीनवर्ष : सबल नेतृत्व, अब्बल काम

लुम्बिनीका साढे तीनवर्ष : सबल नेतृत्व, अब्बल काम

ऐतिहासिक संविधानसभाबाट संविधान जारी भएपछि संवैधानिक प्रावधान अनुसार भएको आम निर्वाचनबाट प्रदेश सरकार गठन भएको साढे तीन वर्षको अवधिमा विल्कुलै नयाँ संरचनाका रुपमा शून्यबाट काम थाल्दै प्रदेश सरकार सरकार सञ्चालनको आधारभूत संरचना खडा गर्न सफल भयो । संघीयता कार्यान्वयनको तीन वर्षमा प्रदेश सरकार सुनिने र देखिने विन्दुमा आइपुग्न सफल रह्यो । अहिलेको स्थानीय तह केन्द्रीकृत शासन प्रणाली हुँदा पनि स्थानीय निकायका रुपमा क्रियाशील थियो । संघ सरकार पहिलेदेखि नै बलियो शासकीय संरचनाका रुपमा उपस्थिति छँदै थियो । छोटो समयमा चुनौतीपूर्ण काममा प्राप्त सफलताले प्रदेश सरकार सञ्चालनको बलियो आधार तयार भयो । प्रदेश सरकारका लागि आफू अघि बढ्ने बाटो आफै तयार गर्नुपर्ने बाध्यता थियो । यस्तो चुनौतीपूर्ण र जटिल कामलाई जिम्मेवारीबोधका साथ अघि बढाउँदै साढे तीन वर्षको अवधिमा प्रदेश सरकार संवैधानिक रुपमा मात्रै नभई नागरिकले अपनत्व गर्ने सरकारको रुपमा स्थापित हुन सफल रह्यो ।

Ad

प्रतिक्रिया दिनुहोस