# भर्खरै
Namaste Icon
Ad

पोर्चुगलमा ७० भन्दाबढि नेता कार्यकर्ता राप्रपा नेपालमा प्रवेश, देशको नेतृत्व युवा पुस्ताले लिनुपर्नेमा अध्यक्ष तामाङको जोड

पोर्चुगलमा ७० भन्दाबढि नेता कार्यकर्ता राप्रपा नेपालमा प्रवेश, देशको नेतृत्व युवा पुस्ताले  लिनुपर्नेमा अध्यक्ष तामाङको जोड

पोर्चुगल । राप्रपा नेपालका राष्ट्रिय अध्यक्ष आईताराम तामाङले देशको नेतृत्व युवा पुस्ताले लिनुपर्ने बताएका छन् । राप्रपा नेपालले विजया दशमी, दिपावली तथा छठ पर्वको अवसरमा पोर्चुगलमा आयोजना गरेको चियापन तथा शुभकामना आदानप्रदान कार्यक्रमममा उनले यस्तो बताएका हुन् । लाक्पा तामाङ संयोजनमा भएको कार्यक्रम राष्ट्रिय अध्यक्ष तामाङले बुद्धको मूर्तिमा दीप प्रज्वलन गरेर कार्यक्रमको उद्घाटन गरेका थिए ।

पोर्चुगलको मान्तेगर्दोमा सम्पन्न कार्यक्रममा तामाङले भने, ‘अब प्रवासमा बस्ने नेपालीहरुले पनि देशको राजनीतिमा सहभागी हुनुपर्ने अवस्था आएको छ ।’ उनले देश किन विकास भएन ? भनेर भन्नु भन्दापनि अब युवा पुस्ताले देशको राजनीतिको नेतृत्व लिनुपर्ने बेलाएको बताए । त्यस्तै, उनले नेपालमा वैदिक सनातनसहितको राजसंस्था स्थापना गर्नुपर्ने बताए । यसको लागि आफ्नो पार्टीले रणनीतिक योजनासहित अभियान सञ्चालन गरिरहेको पनि उनले सुनाए ।

खेम गुरुङको अध्यक्षतामा सम्पन्न चियापान र भेला कार्यक्रममा करिब दुई सय जनाको सहभागिता रहेको थियो। उक्त कार्यक्रममा कांग्रेस परित्याग गरी करिब ७० जना राप्रपा नेपालमा प्रवेश गरेका थिए । यसरि प्रवेश गर्नेमा मिनबहादुर गुरुङ, वीरवहादुर तामाङ, लालसिंह तामाङ, हरिमान तामाङ, सुनिता तामाङ, सन्तोष घले, शेरबहादुर खड्का, प्रशान्त गौतम, विशाल बानियाँ, निमा वाङ्दो गुरुङको नेतृत्वमा करिब ७० जना राप्रपा नेपालमा प्रवेश गरेका थिए ।

उनीहरुमध्ये मीनबहादुर गुरुङ (धादिङ), वीरबहादुर तामाङ (धादिङ), शेरबहादुर खड्का (काठमाडौं), सन्तोष घले (रुपन्देही) लाई केन्द्रीय कमिटीमा मनोनित गर्ने पनि राप्रपा नेपालले जनाएको छ । सो अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको थियो ।

Ad

सम्बन्धित समाचारहरु

जन्मदिनको अवसरमा बालबालिकालाई न्यायो कपडा वितरण

जन्मदिनको अवसरमा बालबालिकालाई न्यायो कपडा वितरण

काठमाडौं । एसोसिएसन अफ एलायन्स क्लबस् इन्टनेसनल डिस्ट्रिक १०२३ अन्तर्गत रहेको एलायन्स क्लब अफ काठमाडौं सिटिकी क्लब अध्यक्ष एली गुना सिलवालको जन्मदिनको अवसरमा बालबालिकाहरुलाई न्यायो कपडा वितरण गरिएको छ । कलंकीमा रहेको जनपथ माबिका बालबालिकाहरुलाई न्यायो कपडा वितरण गरिएको हो । विद्यालयमा रहेका बालबालिकालाई आफ्नो जन्मदिनमा सहयोग गर्न पाउदा ज्यादै खुसी लागेको एली गुना सिलवालले बताईन । कार्यक्रममा क्लबकी क्लब कोषाध्यक्ष एली प्रितिमा शर्माले संस्थाले समाजसेवाको साँथै व्यक्तित्व विकास बढउनमा सहहयोग गेको बताईन ।

मुकुन्द घिमिरेले गरे इङ्गेजमेन्ट

मुकुन्द घिमिरेले गरे इङ्गेजमेन्ट

काठमाडाैं । कुनै बेला रत्नपार्कको रुखमा चढेर व्यंग्यात्मक भाषण गरेर चर्चामा आएका मुकुन्द घिमिरेले इङ्गेजमेन्ट गरेका छन् । उनले इन्दिरा संग्रौलासँग इङ्गेजमेन्ट गरेका हुन् ।

Ad

प्रतिक्रिया दिनुहोस