# भर्खरै
Namaste Icon
Ad

कान्ती राणा सिंहको ‘चौरासी व्यञ्जन’ विमोचन

कान्ती राणा सिंहको ‘चौरासी व्यञ्जन’ विमोचन

काठमाडौं । कान्ती राणा सिंहको चौरासी व्यञ्जन पुस्तक असोज २४ गते आइतबार विमोचन गरिएको छ । काठमाडौंको बत्तिसपुतली स्थित अनुपम फुडल्याण्डमा एक कार्यक्रमकाबीच उक्त पुस्तक विमोचन गरिएको हो । कार्यक्रममा प्रमुख अतिथिको रुपमा डा। आरजु राणा देउवा, वरिष्ठ अधिवक्ता लोक भक्त राणा र लेखककी आमा लक्ष्मी राज्यलक्ष्मी राणा सहभागी थिए । पुस्तकमा सल्याणी र राणाको भोजनका प्रकार र तयार पार्ने विधि सिकाइएको छ ।


चौरासी व्यञ्जन पुस्तकको नाम नै निकै आकर्षक रहेको बताउँदै वरिष्ठ अधिवक्ता लोक भक्त राणाले भने ‘यो पुस्तकमा शाकाहारी, मांसाहारी, ब्रत बसेको समयमा खाने खाना, बिरामीले खाने खाना लगायतका समग्र परिकार बनाउने तरिकाबारे उल्लेख गरिएको हुँदा पुस्तक सबैका लागि उपयोगी छ ।’

यस्तै यो एउटा किताब किताब मात्र नभई समग्र सल्याणी र राणाको संस्कृति नै रहेको डा। देउवाले बताइन् । यस्तै कान्ती राणा सिंहले उक्त पुस्तक लकडाउनको समयमा रचना गरेका बताइन् । ‘सानैदेखि आमाले बनाउनु भएका विभिन्न परिकारहरू हेर्दै हुर्किएँ । यस्ता परिकार बनाउने विधिलाई डक्युमेन्टको रुपमा संग्रह गर्ने इच्छा र भावी सन्ततीलाई उक्त परिकारहरूको ज्ञान दिन उद्देश्यले नै यो पुस्तकको रचना गरेकी हुँ ।’

Ad

सम्बन्धित समाचारहरु

‘रानी’ ल्याउँदै सुमन

‘रानी’ ल्याउँदै सुमन

काठमडाैं । लेखक सुमन पौडेलले पाठकमाझ ‘रानी’ उपन्यास ल्यउने तयारी गरेका छन् । लेखकले रानीलाइ नयाँ पुस्तासँग जोडेका छन् । 'रानी'मा परिवारको माया, साथीसँगको सम्बन्ध, कोही आफ्नो सगँ नजिक हुँदाको खुसी सँगै टाढा हुँदाको पीडालाइ समेटेका छन् । युवावस्थामा गरिने प्रेम अनि त्यसले समाज, परीवारमा गर्ने व्यवहार समेत प्रष्ट्याइएको छ । उपन्यास माघ ६ गते बिमोचन गरीने भएको छ ।लेखक पौडेल पोखराका व्यवसायी पनि हुन ।

नेपाली साहित्यका महाकवि देवकोटाको ११३औँ जन्मजयन्ती आज

नेपाली साहित्यका महाकवि देवकोटाको ११३औँ जन्मजयन्ती आज

काठमाडाैं । नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । महाकवि देवकोटाको जन्म विसं १९६६ मा कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौँको डिल्लीबजारमा भएको थियो । दश वर्षको उमेरमा कविता लेख्न सुरु गर्नुभएका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन् । उनले नेपाली साहित्यलाई सयभन्दा बढी कृति दिए । यी कृतिका माध्यमबाट देवकोटाले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाए ।

Ad

प्रतिक्रिया दिनुहोस