# भर्खरै
Namaste Icon
Ad

तालिबानद्वारा पत्रकारमाथि आक्रमण

तालिबानद्वारा पत्रकारमाथि आक्रमण

काबुल । काबुलमा महिला अधिकारकर्मीहरूले गरेको प्रदर्शनको मिडिया कभरेज रोक्न तालिबानले बिहीबार पत्रकारहरूमाथि आक्रमण गरेको छ । शिक्षा मन्त्रालयको नजिकबाट अफगानिस्तानको राजधानीमा अवस्थित अर्थ मन्त्रालयसम्म रंगीन हेड स्कार्फ लगाएका महिलाहरूको एउटा समूहले मार्चपास गर्दै शिक्षालाई राजनीतिकरण नगर्न भन्दै नारा लगाएको थियो ।  
 
'हामीसँग अध्ययन गर्ने र काम गर्ने अधिकार छैन र बेरोजगारी, गरीबी, भोकले सताएको छ,' भन्ने लेखिएको प्लेकार्ड  ती महिलाहरू बोकेका थिए । तालिबान अधिकारीहरूले ती महिलालाई करिब १ घण्टा ३० मिनेटसम्म स्वतन्त्र रुपमा हिँड्न दिएको एएफपी जानकारी दिएको छ  ।
 
तालिबान लडाकूहरूले विदेशी पत्रकारलाई राइफल प्रहार गर्नुको साथै फोटोग्राफरलाई पछाडिबाट लात हानेका बताइएको छ ।  प्रदर्शनकारी आयोजक मध्येकी एक जाहरा मोहम्मदीकाअनुसार महिलाहरू जोखिमको बाबजुद मार्चपास गर्दै थिए । तालिबानहरूले स्थानीय पत्रकार, विदेशी पत्रकार र महिलाहरू कसैको पनि सम्मान नगरेको उनले बताएकी छिन् । महिलाहरूको विद्यालय जाने अधिकारसमेत तालिबानहरूले खोसेको पनि उनले बताएकी छिन् । रासस/एएफपी

 

Ad

सम्बन्धित समाचारहरु

बाइडेन अस्पताल भर्ना हुँदा राष्ट्रपतिको अधिकार कमला ह्यारिसलाई

एजेन्सी । अमेरिकाका राष्ट्रपति जो बाइडेन शुक्रवार अस्पतालमा भर्ना भए । बाइडेन अस्पताल भर्ना भएपछि उनले केही समयका लागि उपराष्ट्रपति कमला ह्यारिसलाई कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी सुम्पे । शुक्रवार नियमित स्वास्थ्य परीक्षणकको क्रममा बाइडेन वाल्ट रिड मेडिकल सेन्टरमा एक घण्टा २५ मिनेट एनेस्थेसियामा गए । कोलोनोस्कोपीका लागि उनी यति समय एनेस्थेसियामा गएका थिए । उक्त सममा अमेरिकाका राष्ट्रपतिको शक्ति कमला ह्यारिसको हातमा गएको ह्वाइट हाउसले जनाएको छ । उक्त समयमा कमला ह्यारिसले राष्ट्रपतिको भूमिका निभाएको ह्वाइट हाउसकी प्रेस सचिव जेन पास्कीले उल्लेख गरेकी छन् ।

वायु प्रदूषणका कारण दिल्लीका विद्यालय अनिश्चित कालका लागि बन्द

दिल्ली । वायु प्रदूषणका कारण भारतको राजधानी दिल्लीका विद्यालय तथा कलेजहरू अनिश्चित कालका लागि बन्द गरिएको छ । वायु प्रदूषणको तह गम्भीर अवस्थामा पुगेपछि त्यहाँका अधिकारीहरूले विद्यालय र कलेजहरू बन्द गरेका हुन् ।

Ad

प्रतिक्रिया दिनुहोस